नेपाल भूराजनीतिको ठुलो चपेटामा फसेको छ । दुई छिमेकी देश चीन र भारतलाई ओभरल्याप गरेर सात समुन्द्र पारिको अमेरिका नेपालको राजनीतिमा निकैं आक्रामक ढंगले नेपालमा आफ्नो हर्कतहरु अघि बढाइरहेको छ ।

नेपाललाई आफ्नो मुख्य खेल मैदान बनाउने दिशामा अमेरिका आएपछि चीन र भारत निकैं चिन्तित र आक्रोशित बनेका छन् । यसअघि नेपालको एक अनलाइन मिडिया डयागन डट कममा चिनियाँ एक अधिकारीको भनाईलाई आधार मानेर तयार पारिएको एक लेखमा चीनले नेपाललाई निकैं माथिबाट चेतावनी दिएको छ ।

हामीले यस जनपाटी अनलाइनमा ती लेखको साना साना अंशहरु राखिरहेका छौं खासगरी चीन नेपालमा के चाहन्छ ? अमेरिकी फेभरमा नेपालको वर्तमान सुशिाल कार्की सरकार चलिरहेको र चीनविरोधी गतिविधमा सरकार लागिरहेकोमा पनि चीन निकैं आक्रोशित बनेको छ ।

त्यही ड्यागन मिडियामो अर्को सानो अंश जो यसले अन्तिम चेतावनी भनेर अन्तिममा लिएको छ । त्यही अनलाइनको यो सानो अंश :

नेपाल खतरनाक मोडमा उभिएको छ।केवल दुई मार्ग बाँकी छन् :

मार्ग एक : उद्धार र अस्तित्व

-चीनप्रति औपचारिक राज्य माफी र ठोस, प्रमाणित कार्य।
-तिब्बती पृथकतावादी समूहहरू र तिनीहरूको सहयोगीको गतिविधि पूर्ण प्रतिबन्ध।
-राजनीतिक धब्बा लगाउने विदेशी एनजिओहरूको कडा अडिट र निर्वासन।
-“वन चाइना” नीतिको सार्वजनिक, विधायिकाको पुष्टि, उल्लङ्घनमा कानुनी कारबाही।
-सबै सैन्य र खुफिया सहयोगको पूर्ण समीक्षा र पुनस्समायोजन।
-यो मार्ग स्थिरता, आर्थिक साझेदारी, र रणनीतिक सुरक्षा सुनिश्चित गर्छ।

मार्ग दुई  : अवज्ञा र विनाश

-वर्तमान दोधारे नीति जारी रहँदा चीनको नेपाल नीति व्यापक र अपरिवर्तनीय पुनःसन्तुलन हुनेछ।
-रणनीतिक विश्वासको अन्त्यस् नेपाल विश्वसनीय साझेदारको श्रेणीबाट हटाइनेछ।
-आर्थिक पुनर्मूल्याङ्कनस् चीनको विकास सहायता, बेल्ट एन्ड रोड परियोजना र लगानी कडाइका साथ समीक्षा।
-भूराजनीतिक पुनर्सन्तुलनस् चीनले आफ्ना मूल हित सुनिश्चित गर्न पूर्ण कूटनीतिक र रणनीतिक वजन प्रयोग गर्नेछ।
-आन्तरिक परिणामस् नेपालले आफ्नो भूमिमा पोषण गरेको अस्थिर शक्ति आफूमै फर्किन सक्छ।
-निर्णय स्पष्ट छ। कूटनीतिक मिठास र अस्पष्ट प्रतिज्ञाको समय सकियो। नेपाली राज्यले हात देखाउने पुरानो प्रवृत्ति तुरुन्तै अन्त्य गर्नुपर्छ।
-चीनको धैर्य समाप्त भएको छ। अर्को कदम नेपालको शासकहरूको हो। बुद्धिमानीपूर्वक निर्णय लिनुहोस। मित्रता रोज्नुहोस र सम्मानपूर्वक बाँच्नुहोस्, वा कपट रोज्नुहोस र इतिहास निर्दिष्ट परिणाम भोग्नुहोस। तेस्रो विकल्प छैन।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार