जेनजी आन्दोलनको नाममा भएको विध्वंस र त्यसयताका राजनीतिक घटनाक्रममा पश्चिमा शक्ति केन्द्रको चासो र हस्तक्षपबारे चलेको चर्चालाई बल पुग्नेगरी भारतीय जासुसी संस्था ‘रअ’ का पूर्वएजेन्ट लक्की विष्टले नयाँ खुलासा गरेका छन् ।

अमेरिकाले चाहेको पार्टीलाई चुनाव जिताउनेगरी नेपालमा गम्भीर चलखेल भैरहेको उनले दाबी गरेका हुन् ।

विश्वकै शक्तिशाली सैन्य संगठन मानिने युनाइटेड स्टेट इन्डो-प्यासाफिक कमाण्डका प्रमुख एडमिरल सामुएल पापरो काठमाडौँ ओर्लिएको सन्दर्भ जोड्दै विष्टले नेपाल भूराजनीतिको चक्रव्युँहमा फसिसकेको जिकिर गरे ।

‘नेपालमा मार्च ५ मा चुनाव हुँदैछ, र चुनावलाई आफ्नो अनुकूल बनाउन शक्तिशाली सैन्य संगठन प्रमुख नेपाल ओर्लिएको सूचना प्राप्त भएको छ’, विष्टले खुलाएका छन्, ‘केही दिनअघि एमआई-६ का एजेन्ट पनि नेपाल पुगेर फर्किए, तर कसैले चाल पाएन ।’

अमेरिकाले चीन र भारतविरुद्ध रणनीति बनाउन नेपाललाई प्रयोग गरिरहेको उनको दाबी छ ।

‘नेपाली धर्तीलाई केवल रणनीतिको लागि मोहरा बनाइएको छ, अमेरिकाले जुनसुकै बेला पनि नेपाललाई प्रयोग गरेर चीन, भारत र जापानमाथि सैन्य कारवाही गर्नसक्छ’, उनले भनेका छन् ।

निर्वाचनपछि बन्ने सरकारलाई आफ्नो अनुकूल बनाउन पापरो नेपाल आएको दाबी गर्दै बिष्ट भन्छन्, ‘इन्डो प्यासाफिक कमाण्ड, जो सँग जलसेना, थल सेना र वायु सेना छ, त्यसको कमाण्डर त्यतिकै नेपाल आएका होइनन्, उनी चुनावको परिणामलाई आफ्नो अनुकूल बनाउन आएका हुन्, ताकी निर्वाचनपछि बन्ने सरकालाई अमेरिकाबाटै कन्ट्रोल गर्न सकियोस् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा टोलीमा समेत रहेर काम गरिसकेका विष्टले नेपालीलाई सचेत रहनसमेत सुझाव दिएका छन् ।

नेपालमा विदेशी हस्तक्षेप र भूराजनीतिक खेलबारे बेलाबेला सनसनीपूर्ण खुलासा गर्दै आएका पात्र हुन् उनी ।

जनआस्थाबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार