
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द “विप्लव” काे रोल्पाका विभिन्न चुनावी सभामा सहभागीता जनाउने भएका छन ।
रोल्पाका विभिन्न चुनावी भेटघाट र सभालाई सम्बोधन गर्न फागुन ७ गते रोल्पा आउन लागेको नेकपा माओवादीका पोलिटब्युरो सदस्य अमर झाक्री “संजीव”ले जानकारी दिए ।
उनकाका अनुसार महासचिव विप्लवले फागुन ७ गते रोल्पाको सुलिचौरमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन ।
यस्तै फागुन ८ गते विहान सदरमुकाम लिबाङमा पत्रकार, बुद्धिजीवी र व्यापारीहरुसंग भेटघाट र छलफल हुने नेकपा माओवादी रोल्पाले जनाएको छ ।
महासचिव विप्लवले फागुन ८ गते मध्यान्ह १२ बजे घर्तीगाउँमा हुने चुनावी सभा र ९ गते १२ बजे गंगादेव गाउँपालिका २ सुखाओडारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको संजीवले जानकारी दिए ।
नेकपा माओवादी पहिलोपटक गुलाफको चिन्ह लिएर प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भएको छ ।
नेकपा माओवादी रोल्पाको तर्फबाट पार्टीका पोलिटब्युरो सदस्य चुडामणि वली “आदर्श” प्रतिनिधि सभा प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवारी दिएका छ्न ।
यस्तै समानुपातिकमा रोल्पाबाट नेकपा माओवादीका स्थायी समिती सदस्य सन्तोष बुढामगर “विषम”, केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सम्झना घर्ती “असीना”, केन्द्रीय सल्लाहकार समितीका सदस्य क्षेत्र बहादुर चन्द “किरण”, र सन्तोषी विक “सन्ध्याले उम्मेदवारी दिएका छन ।
नेकपा माओवादीको तर्फबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ३० जनाले उम्मेदवारी दिएका छन भने समानुपातिक निर्वाचन प्रणालीमा १ सय १० जनाले सहभागिता जनाएका छन ।







