
यो देशमा ९६ प्रतिशत घरमा मात्र बिजुली पुगेको छ । लगभग ७० लाख घर छन् । एउटा घरमा कम्तीमा ४ देखि ५ जना बस्छन् भन्ने आधार लिने हो भने पनि कम्तीमा १ लाख २० हजार जनता अहिले अँध्यारोमा छन् ।
आजको दिनको परिकल्पना गर्नुहोस, तपाईंले मेरो स्ट्याटस पढ्न सक्नुभएको छ, यसको अर्थ हो, तपाईं त्यो एक लाख २० हजारमा पर्नुहुन्न । जो वास्तविक पीडित हो, उसको पक्षमा कसैले यसरी स्ट्याटस लेखिरहेको छ भन्ने पनि थाहा छैन । अनि ती ४ प्रतिशत घरमा बुढा छन्, वयस्क छन्, बच्चाबच्चीहरू पनि छन् । त्यही बीचमा एउटा भ्रष्टाचारीले म प्रधानमन्त्री हुन्छु भनेर घोषणा गरिरहेको छ । त्यो हो कुलमान घिसिङ ।
लोडसेडिङ हटाएँ भन्छ । करिब ८/९ वर्ष विद्युत प्राधिकरणको जिम्मा पनि लियो क्यारे । अहिले काठमाडौँ क्षेत्र नम्बर ३ बाट उठेको छ । मेरो सोझो हिसाबमा यो मान्छेले करिब डेढ लाख मान्छेलाई अझैसम्म अँध्यारोमा किन राख्यो ? अहिले पनि काठमाडौँ र ललितपुरमा दिनको कम्तीमा एक डेढ घण्टा लोडसेडिङ हुन्छ ।
अनि, दश वर्षअघि नै लोडसेडिङ हटाएको भनेर क्रेडिट लिने यो ‘नामूद भ्रष्टाचारी’ले, कम्तीमा सांसद भएपछि कालोधनलाई सेतो बनाउन सकिन्छ कि भनेर सोचेको छ भन्ने मेरो दाबी हो । अख्तियारमा तीन दर्जन उजुरी पर्दा पनि छानबिन हुन नसक्ने शक्तिको स्रोत यसको के हो ?
कुलमान अहिले जेलमा हुनुपर्ने मान्छे हो । रविको बिगो करोडौंमा छ, यो मान्छेको बिगो अर्बौंमा छ । लोकप्रियताको आडमा राज्यका संस्थामाथि हात हाल्न मिल्छ भन्ने भ्रम कति खतरनाक हुन्छ भन्ने कुरा बिस्तारै उजागर हुँदैछ । काठमाडौँ-३ का मतदाताको विवेक बन्धक नहोस, एउटा नामूद ‘पैसाखोरी’लाई जिताएर पठाउनुभयो भने तपाईहरूको मात्र होइन, देशलाई नै क्षति हुने पक्का छ ।
कुलमानले प्राधिकरणलाई ८ वर्ष चुसेर अहिलेको अवस्थामा ल्याईपुर्यायो । पछिल्लो समय आफ्नो आर्थिक व्यवस्थापक मनोज सिलवाललाई हठात् एमडी बनाएर भारतसँगको विद्युत आयातमा ४३ करोड घोटाला गर्न खोजेको थियो । अनलाइनखबरले त्यसबारे समाचार लेखेपछि उक्त सम्झौता खारेज पनि भइसकेको छ ।
कुलमान देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको तर, लोडसेडिङ हटाएको नाममा पपुलिज्म हासिल गरेको एकदम चलाख पात्र हो । उसको राजनीतिप्रतिको मोह पनि पुराना भ्रष्टाचारबाट मुक्त हुने गरी शक्ति हासिल गर्नु बाहेक अरू केही होइन ।
लोकप्रियताको पछि लाग्दा धुर्मुस-सुन्तली जस्ता व्यक्तिहरू विदेश भाग्नुपरेको उदाहरण यहीं छ । आशा छ, कुलमान भ्रष्टाचारमा डामिनुपर्छ र जेल पनि जानुपर्छ । यो मान्छेले जातीय राजनीति गर्न खोज्दैछ भन्ने त, मलाई कमेन्ट र म्यासेजमा आएका ज्यान मार्ने धम्कीबाटै पुष्टि हुन्छ । तर, यसको भ्रष्टाचार काण्डहरूबारे लेख्न भने छोडिन्न ।







