राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका नेता अशोककुमार थापा र कमला रावल पाण्डेले राजीनामा दिएका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत् पार्टी छाडेको जानकारी दिएका हुन् ।

थापाले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी विचार र सिद्धान्तबाट च्यूत हुँदै गइरहेको र नेतृत्व नीतिबाट नभई आशिर्वाबाट चयन हुन थालेकाले पार्टी परित्याग गरियो ।’

उनले सक्रिय नेता तथा कार्यकर्तालाई पाखा लगाउँदै पार्टी पूर्णरुपमा अलोकतान्त्रिक हुन थालेकाले रास्वपा छाडिएको बताए ।

थापा रास्वपा नुवाकोट समितिका जिल्ला सदस्य र विदुुर नगर इञ्चार्ज हुन ।

उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटकी केन्द्रीय महाधिवेशन प्रतिनिधि कमला रावल पाण्डेले पनि राजीनामा दिएकी छन्।

रास्वपाबाट देशको निकास नहुने उनको ठहर छ ।

नुवाकोट क्षेत्र नम्बर २ मा यसअघिको निर्वाचनमा उम्मेदवार रहेका सुमनविक्रम पाण्डे निकट मानिएका उनीहरुको राजीनामालाई चुनावको पूर्वसन्ध्यामा अर्थपूर्ण ठानिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार