नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाको गैरन्यायिक गिरफ्तारी विरुद्ध मसाल जुलुस निकालिएको छ ।

मंगलबार नेकपा बहुमतका कार्यकर्ताहरूले काठमाडौँमा मसाल जुलुस निकालेका हुन् । उनीहरुले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन पनि खारेजीको माग गरेका छन् ।

नेकपा बहुमतका महासचिव बास्तोलालाई प्रहरीले फागुन ५ गते पक्राउ गरेको थियो । प्रतिनिधिसभा निर्वाचन बहिष्कारको नीति लिएको र प्रचारप्रसार गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार