नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश जलाउनेहरूविरुद्ध जानको लागि कांग्रेस र एमालेसँग पनि संवाद गर्नुपर्ने बताएका छन्।

पेरिसडाँडामा बामबुद्धिजीविहरूसँगको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका विरुद्धमा जानको लागि कांग्रेस र एमालेसँग पनि मिल्नसक्ने संकेत गरे।

उनले भने, ‘संविधान सभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिकको प्रवक्ता हाम्रो पार्टी हो। त्यो हुनुको नाताले हामीले एकातिर सिंहदरबारदेखि सबै जलाउने दलालहरूबाट देश, संविधान, शान्ति प्रक्रिया, बचाउन कांग्रेस र एमालेसँग पनि हामीले कुरा गर्नुपर्नेछ। ती हिजोका हाम्रा सहयात्री हुन्। तिनसँग मिलेर वैदेशिक दलालहरूका विरुद्ध जाने हदसम्म संवाद पनि गर्नुपर्ने छ।’

राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, संकटबाट बचाउन एकताको कुरा गरिराखेको बताए।

उनले थपे, ‘जनताले पनि राष्ट्रलाई एकताबद्ध राख्न सक्ने, सरकारलाई व्यवस्थित रूपले सञ्चालन गर्न सक्ने अनुभव भएका, स्वच्छ छवि भएका नेताहरूको पार्टी नेपाल कम्युनिस्ट पार्टी नै हो भन्ने बुझ्दै गएका छन्। यति धेरै पार्टीको एकैचोटि एकता भएको त नेपालको इतिहासमै पहिलो चोटि हो। २५–२६ वटा सानाठुला समूह एक हुने र त्यो पनि फेरि सबै सक्रिय छन्।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार