
नेकपा (माओवादी)का प्रवक्ता तथा प्रत्यक्ष उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड सी) विरुद्ध नेपाली कम्युनिष्ट पार्टी भित्रका केही षड्यन्त्रकारीहरुले गोयवल्स शैलीको कू–प्रचार गरेका छन ।
महेन्द्र शाहीको पराजय हुने निश्चित भएपछि षड्यन्त्रकारीहरुले विभिन्न गोयवल्स शैलीको प्रचार गरेर अपराधी मानसकिता प्रकट गरेका हुन ।
रास्कोटका नेपाली कम्युनिष्ट पार्टी भन्ने केही षड्यन्त्रकारीहरुले प्रकाण्डलाई प्रहरीले पक्राउ गरेको र गुलाफ चिन्ह खारेज भएको तथा महेन्द्रको विजयी भईसकेको जस्ता भ्रमपूर्ण गोयवल्स शैलीको प्रचार गरेका छन ।
नेकपा (माओवादी)ले यसप्रकारको कू–प्रचारलाई गम्भीर आपत्ति जनाउदै त्यो पराजित मानसिकताको उपच र गोयवल्स शैली भएको टिप्पणी गरेको छ ।
नेकपा (माओवादी)का प्रवक्ता तथा उम्मेदवार प्रकाण्डले ज्वाला खवरसंग संक्षिप्त प्रतिक्रिया दिदै आफू निर्वाचन काम विशेषले सुर्खेत झरेको र षड्यन्त्रकारीहरुको कू–प्रचारको भ्रममा नपर्न जिल्लावासी मतदाताहरुलाई आग्रह गर्नु भएको छ ।
उहाँले आफू भोलि कालिकोट आईपुग्ने जानकारी दिदै आफू विरुद्ध गरिएको भ्रमपूर्ण प्रचार षड्यन्त्रकारीहरुको पराजित र अपराधीक मानसिकताको उपच भएको बताउनु भयो ।
माओवादी पार्टीको तर्फबाट निर्वाचन परिचालनको नेतृत्व गर्नु भएका प्रकाण्ड निर्वाचन सम्वन्धिको काम विशेषले बुधवार सुर्खेत जानु भएको थियो ।







