
फागुन २१ को चुनाव नजिकै आइरहेको बेला रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहयोग र सहकार्यका निम्ति अस्ति माघ ११ (जनावरी २५) का दिन विशेष पत्र लेखेको पाइएको छ ।
अरु सबैलाई खराब,भ्रष्ट,विदेशी दलाल भन्दै आएको सो पार्टीले दुई जनाको संयुक्त हस्ताक्षरमा पठाएको पत्रमा जेनजी आन्दोलनपछि प्राप्त सहयोगको प्रसङ्ग कोट्याउँदै अबको चुनावमा पनि सोही किसिमको सदाशयता प्राप्त हुने दृढ विश्वास व्यक्त गरिएको छ ।
बालेन साहको नेतृत्वमा सीमा विवाद सल्टाउने आश्वासनसहित संविधान,कानुन संशोधनलगायत यावत कुरामा हात हालिने बचनबद्धताप्रकट गरिएको सो पत्रमा सँघीयतावारे पुनर्विचार गरिने धारणासमेत उल्लेख छ ।
स्मरण रहोस्,०७२ असोज ३ गते जारी हालको संविधानप्रति भारत सन्तुष्ट छैन र यसैकारण उसले नेपालमाथि ५ महिना नाकाबन्दी लगाएको थियो । रास्वपाले अहिले भारतको त्यही नाडी छामेर आफूले सरकार चलाउने मौका पाएको खण्डमा यो माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएको हो ।
उक्त पत्रमा भारतीय स्वार्थमा असर पर्ने कुनै पनि काम आफ्ना तर्फबाट नहुने बाचासमेत व्यक्त गरिएको छ ।







