श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको प्रतिपक्ष बन्न आफू एक्लै काफी भएको दावी गरेका छन् ।

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका उनले सामाजिक सञ्जालमार्फत् रास्वपाको सरकारलाई खबरदारी गर्न आफू एक्लो पर्याप्त भएको बताएका हुन् । मतदाताहरुलाई धन्यवाद दिदै उनले सदनमा आफू र आफ्नो पार्टीले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने विश्वास दिलाएका छन् ।

‘जनताले घण्टीलाई रुचाएपछि मैले पनि स्वीकार गर्नुपर्ने हुन्छ’, उनले भनेका छन्, ‘अब प्रतिपक्ष नै नहुनेजस्तो देखियो भन्ने चर्चा चलेको सुनेँ, उनीहरुलाई खबरदारी गर्न म एक्लै काफी छु, अरु कोही चाहिन्छ र ?’

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहलाई ‘विदेशी दलाल’ भन्दै आएका साम्पाङले मिल्नै परे राष्ट्रिय प्रजातन्त्र पार्टीका एक मात्र निर्वाचित उम्मेदवार ज्ञानबहादुर शाहीसँग मिलेर आवाज उठाउन सकिने पनि बताएका छन् ।

अर्को स्टाटसमा भनेका छन्, ‘माननीय ज्ञानबहादुर शाहीज्यू सँग चाहिँ कुरा मिल्छजस्तो लाग्छ, मेरो प्रारम्भिक अनुमान मात्रै है ।’

प्रत्यक्षतर्फ तीन सिट जितेको साम्पाङको पार्टीले समानुपातिकतर्फ पनि राम्रो मत ल्याएको छ । दल दर्ता भएको छोटो समयमै उक्त पार्टीले तीन लाख ५८ हजार ४ सय ८६ मत ल्याएको हाे । मतगणना जारी रहँदा मत बढ्नसक्ने देखिन्छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार