• नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई प्रतिनिधिसभा बैठकबाट बधाई दिएको छ।
  • एमाले संसदीय दलका नेता रामबहादुर थापाले रास्वपाकै संलग्नता रहेको भन्दै प्रधानमन्त्रीलाई टिप्पणीसहित बधाई दिएका छन्।
  • थापाले भदौ २३ र २४ मा रास्वपाको अघोषित रंग क्रान्ति सफल भएको र फागुन २१ मा निलोक्रान्ति सम्पन्न भएको बताए।

नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई प्रतिनिधिसभा बैठकबाट बधाई दिएको छ । एमालेका संसदीय दलका नेता रामबहादुर थापाले संसद् बैठकलाई दलीय आधारमा सम्बोधन गर्दै जेनजी आन्दोलनको घटनामा रास्वपाकै संलग्नता रहेको बताउँदै टिप्पणीसहित प्रधानमन्त्रीलाई बधाई दिएका हुन् ।

‘रास्वपाको अघोषित रंग क्रान्ति भदौ २३ र २४ मा सफलतापूर्वक गरियो । फागुन २१ गते आम निर्वाचतनमार्फत निलोक्रान्ति सम्पन्न गरियो,’ उनले भने, ‘चैत १३ गते भव्य धार्मिक अनुष्ठानसहित प्रधानमन्त्री नियुक्त गरियो । नेकपा एमालेको तर्फबाट यो अभूतपूर्व विजयी बधाई भन्न चाहन्छु ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार