नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपा -माओवादी) को स्थायस् समितिको बैठक पार्टीको मुख्यालय कपिलवस्तुको शिवगढीमा सुरु भएको छ ।

फागुन २१ को निर्वाचनपछ पहिलो पटक बैठकमा जुटेको नेकपा -माओवादी) ले चुनावी समीक्षा, आगामी योजनाबारे वैंशाख ७ गते केन्द्रिय समितिको बैठक तय गरेको छ। स्थायी समितिले केन्द्रिय समितिका प्रस्ताव र आगामी योजनाबारे छलफल गर्ने पार्टी श्रोतले बतायो । नेकपा ९माओवादी० को केन्द्रिय समितिको बैठकलाई चासोका साथ हेरिएको छ। बैठकमा निर्वाचन परिणाम र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

आजबाट सुरु स्थायी समिति बैठकमा विप्लवले केन्द्रिय समिति बैठकमा पेस गर्ने १२ पृष्ठको प्रस्तावमाथी छलफल हुने छ । प्रस्तावमा सबै स्थायी समिति सदस्यहरूले मोटामोटी धारणा राख्ने जनाईएको छ। स्थायी समितिले धारणा राख्ने क्रम सकिएपछि पोलिटब्युरोको बैठकले प्रस्ताव अनुमोदन गरेपछि केन्द्रिय समितिको बैठक बस्ने एक स्थायी समिति सदस्यले बताए ।

स्थायी समिति बैंठक र पोलिटव्युरो बैंठकपछि यही वैशाख ७ गतेदेखि केन्द्रीय समिति बैंठक शुरु हुने भएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार