
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले नयाँ वैचारिक आलोकमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने बताएका छ्न।
कपिलवस्तुको शिवगढीस्थित पार्टी मुख्यालयमा बैशाख ७ गते देखी ११ गतेसम्म बसेको उक्त पार्टीको नवौं केन्द्रिय समितिको आठौं पुर्ण बैठकमा विप्लवले अब परम्परागत रुपले कम्युनिस्ट घटकबीच एकताको औचित्य समाप्त भएको बताउँदै नयाँ वैचारिक प्रतिबद्धतासहित कम्युनिस्ट आन्दोलनको पुनर्गठन जरुरी रहेको बताएका छन।
नेपाली कम्युनिस्ट आन्दोलन इतिहासकै सबैभन्दा बढी रक्षात्मक अवस्थामा पुगेको बताउँदैं उनले कम्युनिस्टहरू एकता र विभाजनको परम्परागत गोलचक्करमा घुमिरहेको बताए।
‘हामीले कम्युनिस्ट आन्दोलनको रक्षा र पुनर्गठन एकैसाथ गर्नु गर्नुपर्ने कठिन र अपरिहार्य दायित्व पुरा गर्नु पर्ने छ।’ विप्लवले भने- ‘इतिहासका सबै परम्परागत एकता र विभाजनले जनतामा निराशा पैदा भयो।’
महासचिव विप्लव सीले अब नयाँ संकल्पसहित नवीन आलोकमा कम्युनिस्ट आन्दोलन पुनर्गठनको विकल्प नरहेको बताउँदै विप्लवले पार्टीले ऐतिहासिक पहल अगाडि बढाउने बताए।
विगतमा नेपाली कम्युनिस्ट आन्दोलनले थुप्रै एकता र फुटका भीषण शृङ्खला भोगेको बताउँदैं विप्लवले २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी आज सयौं टुक्रामा विभाजित भएको र जनताको विश्वास कायम राख्न जनताको भावना अनुसार काम गर्न नसक्दा कम्युनिस्टहरू प्रति जनताको भरोसा टुटेको बताए।
अब कम्युनिस्ट आन्दोलनमा सुधार र जनप्रीय कम्युनिस्ट पार्टी निर्माण गर्न र नयाँ संकल्पसहित पुनर्गठन अपरिहार्य रहेको विप्लवले बैठकलाई सम्बोधनका क्रममा बताएका हुन् ।








