नेकपा माओवादीका महासचिव विप्लव सीले पार्टीबाट पलायन भएर बाहिरिएकाहरुलाई उनीहरु आफु सकिने बाटोमा गएको बताएका छन् ।

जनपाटी अनलाइन टिभीसँगको विशेष अन्तर्वार्तामा महासचिव विप्लव सीले सजिलैं क्रान्तिको सपना देख्ने र सजिलैं फाइदा हुन्छ भन्नेहरु पार्टीमा नटिक्ने बताए ।

महासचिव विप्लवले क्रान्तिको यात्रा छोटो नहुने भन्दैं माक्र्स, लेनिन र माओको क्रान्तिको उदाहरण दिदैं क्रान्तिलाई सजिलैं यात्राको रुपमा लिनेहरु नटिक्ने बताए ।

प्रचण्ड र मोहन वैद्यसँग अलग भएर एकीकृत जनक्रान्तिको यात्राका क्रममा केही नेता कार्यकर्ताहरु पार्टीबाट पलायन भएर बाहिरिएको बताउँदैं महासचिव विप्लवले उनीहरुले क्रान्तिको मर्मबाट बाहिरिएको बताए ।

माक्र्सले क्रान्तिका लागि ५० वर्ष र लेनिनले दशकौं वर्ष कुर्नुपर्छ भन्ने विचार दिएको बताउँदैं महासचिव विप्लवले कम्युनिस्ट आन्दोलनमा अहिले माक्र्स, लेनिन र माओको वास्तविक स्कुलको अभाव रहेको बताए ।

अहिले पार्टीमा केही समस्याहरु रहेको भएपनि अब त्यो विस्तारैं समाधान भएर जाने महासचिव विप्लवको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार