प्रचण्डले जनयुद्धका उपलव्धिहरुलाई समाप्त पारेपछि त्यसका विरुद्ध विद्रोहको झण्डा उठाएर नेकपा (माओवादी)ले कठिन संघर्षको बाटो अबलम्वन गरेपछि अहिले केही अवसरवादी मान्छेहरु प्रचण्डको पार्टीमा फर्किदा उता उनीहरु जिम्मेबारीबिहीन भएर रुँदैं हिँड्नु परेको खुलासा भएको छ ।

विप्लव माओवादीबाट प्रचण्डकोमा फर्केका मात्र होइन विभिन्न पार्टीबाट प्रचण्डको जानेहरु सबैंको हालत रुनु परेको त्यहाँ पुगेका नेताहरुको भनाई छ ।

प्रतिवन्धपछि प्रचण्डको पार्टीमा छिरेका ओम प्रकाश पुन हिजोआज नामोनिशान हराएजस्तैं भएको छ । उनलाई यता विप्लव माओवादीका ठूलो भूमिका दिइएको थियो । तर के के पाइन्छ भनेर गएका पुन आज जिम्मेबारीविहीन भएर हराउन पुगेका छन् ।

त्यसैगरी केही निकैं पहिले प्रचण्डको जाने आँपे कान्छाहरुको जिम्मेबारी पनि खोसिएको छ । उनी पनि जिम्मेबारी नपाएपछि प्रचण्ड छोड्ने तयारीमा रहेको बताइन्छ ।

बिघटनमा प्रचण्डको पार्टी !

प्रचण्डले जनयुद्धलाई एकथान प्रधानमन्त्री पदसँग सिंगो क्रान्तिलाई दाउँमा राखेर गरेको सम्झौंतापछि त्यसका विरुद्ध विद्रोह गरेका जनयुद्धका कुनैं पनि हस्तीहरु प्रचण्डकोसँग छैनन् । मोहन वैद्य किरण, रामबहादुर थापा बादल, सीपी गजुरेल गौरव, नेत्र विक्रम चन्द विप्लवलगायत नेताहरु प्रचण्डलाई परित्याग गरेर नयाँ बाटोमा हिँडिरहेका छन् ।

उता प्रचण्डसँगैं एउटैं राजनीतिक कार्यदिशा मिल्ने बाबुराम भट्टराई, जनार्दनश शर्मा प्रभाकर, राम कार्की, हरिबोल गजुरेल, कुलबहॉदर केसी सोनामलगायत नेताहरुले पनि प्रचण्डलाई छोडेका छन् ।

प्रचण्डको पार्टीमा हिजोआज प्रचण्ड एक्लै छन् । जनयुद्ध लडेका कुनैं पनि उपल्लोस्तरका नेताहरु नभएपछि उनले माधव नेपालाई बोकेर हिँड्नु परेको छ त्यो पनि माओवादी र माओवाद छोडेर ।

यसरी प्रचण्डको पार्टी आफैं सिद्धिएको बेला विप्लव माओवादीबाट के के न पाइन्छ भनेर गएकाहरुको अवस्था सुन्दा दुनियाँ चकित पर्ने खालको छ ।

प्रचण्ड पार्टीमा जाने तर रुँदैं बस्ने !

हालैं चुनावअघि विप्लव माअ‍ोवादीबाट गएका चिरण पुन, कर्णजित बुढाथोकी र चिरिञ्जबी ढकालहरुको पनि रोइलो अर्कै छ । उनीहरु जिम्मेबारी नपाएर रुनु न हाँस्नु पर्ने अवस्थामा छन् ।

उनीहरुको एउटैं भनाई छ : ‘विप्लव माओवादी र महासचिव विप्लवलाई छोड्नुपर्दा ठूलो गल्ती गरिएको महसुश भएको छ । अब के गर्ने न यता न उताको चाल भयो ।’

यसरी प्रचण्ड पार्टीमा पुगेका र त्यहाँ रहेका पूराना माओवादीहरु सबैंको अवस्था रुन न हाँस्नुको अवस्था रहेको त्यही पार्टीका पूराना नेताहरुको भनाई छ । अहिले प्रचण्डको पार्टीमा जोसँग पैसा र माफियाहरु चलाउन सक्छ त्यही हाबी हुन्छ भन्ने गरिन्छ ।

यसरी प्रचण्डकोमा रहेका र पार्टी प्रवेश गरेर बेहाल भएकाहरुको अवस्था नबुझेर अहिले उमा भुजेल सिलुहरुको एउटा समुह प्रचण्डको पार्टीमा जान खुट्टा उचालेको देख्दा प्रचण्ड पार्टीमा रहेका पूराना माओवादी नेताहरुले उल्टैं खिस्सीटियुरी गर्ने गरेका छन्

‘हाम्रो त यहाँ बेहाल छ त्यहाँ विप्लव पार्टीबाट आउनेहरुको अवस्था के होला ?’ प्रचण्डका एक नेताले भने : ‘बरु उतैं आफ्नै पार्टी बलियो बनाएर बसे भइहाल्यो किन आउने ? आएर केही हुनेवाला छैन ।’

विप्लव पार्टी झन् बलियो बन्दैं

विप्लव माओवादीबाट केही मान्छेहरु पलायन भएर प्रचण्डको पार्टीमा जान थालेपछि त्यसलाई पार्टीका नेता कार्यकर्ताहरुले नयाँ वसन्तको आगमन हुँदा दुई/चारवटा पातहरु ओइलिने र नयाँ पालुवाहरु फूल्ने गरेको बताउने गर्छन् ।

क्रान्ति कुनैं सिधा र सरल बाटो नभएको भन्दैं विप्लव माओवादीका नेता कार्यकर्ताहरु भन्छन् : ‘यो कुनैं एक युनिभर्सिटी उतीर्ण गरेर सबैं परीक्षा उतीर्ण भए भनेजस्तो होइन । यहाँ त निरन्तर क्रान्तिको परीक्षामा उतीर्ण भइरहनुपर्छ ।’

१०/१२ वर्षमा केही भएन भनेर प्रचण्डको पार्टीमा प्रवेश गर्नेहरुले क्रान्तिको सामान्य नियम पनि नबुझेको विप्लव माओवादीका नेता/कार्यकर्ताहरुको आरोप छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार