
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले वर्तमान बालेन नेतृत्वको सरकार दृष्टिकोण विहिन र गन्तव्यहीन भएको ठोकुवा गरेका छन् । प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले ६ महिना पूरा गरेको छ, सरकारको यस अवधिको कार्यलाई कसरी मूल्यांकन गर्नु हुन्छ ? भन्ने प्रश्नको जवाफ दिँदै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले बालेन नेतृत्वको रास्वपाको सरकारको ६ महिनाको कार्य हेर्दा दृष्टिकोण विहिन, राजनीतिकरुपमा गन्तव्यहीन, बिचारविहिन, स्वेच्छाचारी र साइबर आतंककारी प्रमाणित भएको ठोकुवा गरे । उनले राष्ट्रको स्वाधिनता र नेपाली जनताको जनाधिकार र जनजीविकाको समाधानको क्षेत्रमा सरकारले माखो मार्न नसकेको ठोकुवा गरे ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले बालेन नेतृत्वको सरकारले नेपालका किसान, मजदुर, मध्यम वर्ग, राष्ट्रिय पूँजीपति वर्ग, महिला, श्रमिक समुदाय(दलित), जनजाती, मधेशी जनता र उत्पीडित क्षेत्रका जनताको अपेक्षामाथि तुषारापात गरेको बताए । उनले राष्ट्रिय उद्यमी, व्यावसायी, कर्मचारी र सुरक्षा क्षेत्रमा सरकारले आतंक मच्याएको बताउँदै सरकारले अर्थतन्त्रलाई शिथिलताको शिकार बनाएको ठोकुवा गरे ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले अन्तर्राष्ट्रिय सम्बन्ध र पहलका दृष्टिले सरकारको यो ६ महिना सुन्य रहेको बताए । उनले सरकारको दृष्टिकोण बिहिनाताले संयुक्त राष्ट्र संघको ८१ औँ महासभा जस्तो विशाल अन्तर्राष्ट्रिय मञ्चलाई अन्तर्राष्ट्रिय सम्बन्ध विकास र हस्तक्षेप गर्ने कार्यमा उपयोग गर्ने दृष्टिले सरकार असफल रहेको बताए ।
प्रवक्ता प्रकाण्ड सीले ब्रिक्स जस्तो उदाउदो शक्तिशाली अन्तर्राष्ट्रिय मञ्चको १८ औँ ब्रिक्स शिखर सम्मेलनमा नेपालको प्रतिनिधित्व गराउन सरकार असफल रहेको भन्दै सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै असफल भएको ठोकुवा गरे ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले गत फागुन २१ गते भएको चुनावलाई सरकारले नेपाली जनतालाई भ्रम दिने र सत्तामा पुग्ने भ¥याङ्ग बनाएको बताए । उनले सरकारले नै यो ६ महिनामा ठूलो पश्चातापका साथ नेपाली जनतालाई बालेन सरकार र रास्वपाको विकल्प खोज्नु पर्ने ठाउँमा पु¥याएको ठोकुवा समेत गरे ।







