काश्मिरकाे उरीमा चरमपन्थी हमलापछि भारतसँग बढिरहकाे तक्तताबीच पाकिस्तानका पूर्व राष्ट्रपति परवेश मुशर्रफले अाफुहरूलार्इ नेपाल र भुटानजस्ताे कमजाेर नसाेच्न भारतलार्इ चेतावनी दिएका छन् ।

‘पाकिस्तानलाई नेपाल र भुटान जस्तो सम्झिने गल्ती भारतले नगरोस्’, भारतीय च्यानल आजतकसँग मंगलबार राति कुरा गर्दै मुशर्फले भारतलाई चुनौती दिँदै भने, ‘पाकिस्तान एक शक्तिशाली देश हो ।’

मुशर्रफले कयौं मुद्दामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साँध्दै भनेका छन्, ‘जन्म दिनमा बधाई दिनका लागि पुग्दैमा त्यसले सदैव काम गर्दैन ।’

सार्क सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान नजाने बताएको प्रति पनि मुशर्रफले कडा प्रतिक्रिया दिएका छन् । ‘आफ्न खुसीले पाकिस्तान आउँछन् प्रधानमन्त्री मोदी । एकातर्फ नवाज शरिफलाई जन्मदिनको शुभकामना दिन आएका मोदी दोस्रोतर्फ पाकिस्तानलाई दुनियाभरमा बदनाम पनि गरे । पाकिस्तानले होइन मोदीले दोहोरो चरित्र देखाए ।’

यतिमात्रै होइन परवेज मुशर्रफले पञ्जावको पठानकोट र उरी हमलाका कारण कश्मिर मुद्दाबारे बोल्दै भारतले कहिले पनि खास समस्यामा केन्द्रित भएर कुरै गर्न नचाहेको आरोप लगाए । ‘मोदी हामीसँग लडाइँ गर्न चाहन्छन्’, उनले भनेका छन्, ‘तर पाकिस्तान पाकिस्तान नै हो, नेपाल र भुटान जस्तो होइन ।’

परवेज मुशर्रफ अगाडि भने, ‘भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी र मनमोहन सिंहसँग कश्मिर मुद्दामा हामीले हल निकालिरहेका थियौं । तर भारतले कश्मिर मामिलामा कहिल्यै हल चाहेन ।’ मुशर्रफले थपे, ‘भारत एक ठूलो देश हो । तर उसको मन साह्रै सानो छ। हिन्दुस्तान छिमेकीलाई दबाउन चाहन्छ ।’

 मुशर्रफ आफूहरुको भूमि बलूचिस्तानको मुद्दामा भारतमाथि निशाना साधेँ । ‘बलुचिस्तानमा सबै कुरा ठीक छ। केही मानिसले भारतको कुरालाई समर्थन गरेका छन्’, उनले भने, ‘बलूचिस्तानको तथ्यमा सवाल उठाउँदै भारतले अनावाश्यक खेलिरहेको छ। बलुचिस्तानको मुद्दा उठाउनु भारतको अर्को खेल हो ।’

 पाकिस्तानका पूर्व प्रधानमन्त्री परवेज मुशर्रफले भारतीय प्रधानमन्त्री मोदीमाथि धारे हात लगाउँदै मोदीले कश्मिर मुद्दामा समाधान नखोजी उचालिरहेको बताए ।

‘वाजपेयी र मनमोहनले समाधान खोजेका थिए तर मोदी कश्मिर मुद्दामा बलेको आगोमा घिउ हाल्दैछन्’, उनले भने । यतिमात्रै होइन भारतीय विदेश मन्त्री सुष्मा स्वराजमाथि पनि निशाना साँध्दै उनले भने, ‘जस्ता मोदी उस्तै उनकी विदेश मन् छिन् । जसको काम केवल पाकिस्तानलाई गाली दिनुमात्र हो । ‘मोदी कश्मिर मसलामा कहिल्यै समाधान चहादैनन् ।’

मुशर्रफले भारतमाथि आक्रोश पोख्दै अगाडि भने, ‘यदि युद्ध भयो भने हामी सबै तागतका साथ जवाफ दिन्छौं । पाकिस्तानको सैन्य अभ्यासबारे मुशर्रफ प्रष्टिकरण दिँदै भारतलाई कडा जवाफ दिने कुरामा आफू खुसी रहेको मुशर्फले बताए । भारतीय डीजीएमओलाई चुनौती दिँदै उनले भने,

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार