सिन्धुलीमा घरेलु तथा साना उद्योगमा युवा तथा महिलाहरुको आक्रषर्ण बढ्दै गएको छ । सानो पुँजीमै व्यवसायिक बन्न सकिने भएपछि गाँउगाँउमा साना उद्योग खोल्ने लहर चलेको छ ।

विषेशगरी जिल्लामा तरकारी, पशुपालन, माछापालन, डेरी, फर्निचर जस्ता साना उद्योग दर्ता गर्नेको संख्या बढिरहेको घरेलु तथा साना उद्योग विकास समितीले जनाएको छ । घरेलु तथा साना उद्योग विकास समितीका प्रमुख नारायण कोइरालाका अनुसार जिल्लामा साना उद्योगको संख्या १ सय ८५ वटा छन् । यी उद्योगमा ११ करोड ८९ हजार रुपैयाँ लगानी भएको छ ।

यसैगरी उत्पादन तर्फ ३२ वटा उद्योगमा ३ करोड ८० लाख ६८ हजार ६ सय २५ रुपैयाँ लगानी भएको छ । घरेलु तथा साना उद्योगमा महिलाको तुलनामा पुरुष बढी रोजगार छन् । जसमा ४ सय २२ महिला तथा ७ सय ४१ जना पुरुषले रोजगार पाएको कार्यालयले जनाएको छ ।

घरेलु तथा साना उद्योग विकास समितीका अनुसार गत आर्थिक वर्षसम्ममा घरेलु तथा साना उद्योगमा झन्डै २५ करोड लगानी भएकोे छ । आर्थिक वर्ष २०७२÷०७३ मा २४ करोड ८१ लाख ३७ हजार ६ सय २५ रुपैया लगानी भएको हो । पछिल्लो समय वैदेशिक रोजगारबाट फर्किएका अधिकांश पुरुषहरुले सामान्य भएपनि उद्योग दर्ता गरि सञ्चालन गर्दै आईरहेका छन् ।

जिल्लामा पछिल्लो समय व्यापार गर्नेको पनि उस्तै लहर चलेको छ । व्यापारमा आर्थिक वर्ष ०७२÷७३ सम्ममा १३ करोड ९१ लाख ७५ हजार रुपैयाँ लगानी भएको कार्यालय प्रमुख कोइरालाले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार