राष्ट्रका विभिन्न उच्च पदस्थ अधिकारीहरुका साथै साधारण जनताहरु समेत दसै‌को शुभकामना आदान प्रदान भइरहँदा  कतिपय शुभकामना विवादमा समेत पर्ने गरेका छन् ।

यही बिचमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दसै‌‌को शुभकामना दिँदा पूर्व राजाका ज्ञानेन्द्र शाहको शुभकामना सन्देश माथी प्रश्न खडा गरेका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा पूर्व राजाले गरेको टिप्पणीलाई अशुभ अंकेत रहेको उल्लेख गरेका छन् ।  भट्टराईले ट्विटरमा ट्विट गर्दै लेखेका छन्,’बडा दशैंको शुभकामना सन्देशमा पूर्व राजाले जनता र दलहरुलाई ७ बुँदे प्रश्नको झटारो हान्नु शुभ संकेत हैन । एक औंला अरुतिर फर्काउँदा चार औला आफूतिर फर्किन्छ है ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार