अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट २७ किलोमिटरमा अवस्थित धातिवाङ गाविसमा देउराली यातायात व्यवसायी समितिको गाडी सञ्चालन नहुदाँ यात्रु घुम्तीबाट हिडेर घर जान वाध्य भएका छन् ।
पर्वको समयमा दैनिक यात्रुवाहक जिप सञ्चालन नभएपछि श्रीनगर यातायात व्यवसायी समितिको गाडीले १ पटक धातिवाङका यात्रु ल्याएपनि २० जना घुम्तीबाट दैनिक हिडेर आएका धातिवाङ पधेरा व्यवसायी गनें एक व्यवसायीले बताएका थिए ।
पर्वको समयमा नै गाडी नियमित सञ्चालन नभएपछि यात्रुहरु हिडनु परेको हो, तर देउराली यातायात व्यवसायी समितीले नियमित गाडि सञ्चालन नगर्दा विकल्पको रूपमा गाडि सञ्चालन गर्न स्थानीय नेताहरूले पहल नगरेको गाउँलेको आरोप लगाएका छन ।







