भारत-पाकिस्तान विवाद बढ्दै गर्दा अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानको यात्रा नगर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ। अमेरिकाले पाकिस्तानमा आतंकवादीले हिंसा बढाइरहेकाले अमेरिकी नागरिकका लागि त्यहाँ खतरा रहेको अमेरिकाको ठहर छ ।

अमेरिकाले पाकिस्तानमा विदेशी र भित्रिया आतंककारी समूहको अश्रय स्थल भएकाले त्यहाँ अमेरिकी नागरिकका लागि खतरा भएको उल्लेख गरेको हो । विदेशमन्त्रालयलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले भारत–पाकिस्तान तनावअघिदेखि नै अमेरिकी नागरिकको लागि पाकिस्तान खतरा रहेको उल्लेख गर्दै अहिले खतरा अझ बढेको बताएका छन् ।

अमेरिकाले विश्व यात्रामा रहने आफ्ना नागरिकलाई दिएको पछिल्लो परामर्शमा पाकिस्तानमा समेत खतरा रहेको उल्लेख गरेको हो । अमेरिकी पछिल्लो परामर्शले अमेरिकी नागरिक पाकिस्तान प्रवेश गर्नै डराउने देखिएको छ ।

दुई देशबीच तनाव बढ्दै जाँदा भारतीय गृहमन्त्री राजनाथ सिंहले समेत उच्च सुरक्षा बैठकमा पाकिस्तानसँगका सीमानाका पूर्ण रुपमा बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

यो प्रस्ताव पारित भएमा भारतले पाकिस्तानसँगको सीमा नाकामा पूर्ण बन्देज लगाउने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार