पूर्वसभामुख तथा नेकपा एमाले नेता सुवास नेम्वाङले सत्तापक्षभित्र विवाद भएका कारण संविधान संसोधन अड्कीएको दावी गरेका छन् । उनले सत्तापक्षभित्रको विवादले एमालेसँग छलफल समेत नगरेको बताए । नेपाली रेडियो नेटवर्कमा ऋषि धमलासँग नेपाली बहसमा कुराकानी गर्दै उनले संविधान संसोधन आबश्यक परे गर्नुपर्छ तर अहिले आबशयक छैन भने । उनले नेपालको संविधान जाति भाषा, लिङ्ग सबैको सहमतिको दस्तावेज रहेको दावी गरे ।

संविधान संसोधन के का लागि ? किन ? भन्ने विषयमा प्रष्ट भएपछि एमाले तयार हुने बताए । नेम्वाङले नेपाली जनताले ७० वर्षदेखि नयाँ संविधानको जुन चाहना गरेका थिए त्यो चाहना आफूहरूले संविधानसभाबाट पूरा गराएको चर्चा गरे। ‘एन जना मात्रैको असन्तुष्टि भएपनि संविधान संसोधन गरौ ’ उतले भने, तर ९० प्रतिशत भन्दा बढीको सहमति र सम्झौतामा बनेको संविधानमा अरुका कुरा कसरी पार्ने ? ’

धेरैले यो संविधानलाई स्वीकार गरेको र थोरैले मात्र संविधान आफू अनूकूल नरहेको प्रतिक्रिया दिइरहँदा ९० प्रतिशत सांसदको हस्ताक्षरबाट अनुमोदित भएको यो संविधान विश्वकै उत्कृष्ट रहेको उनको दाबी थियो।

संविधानको ८० प्रतिशत काम पहिलो संविधानसभाले गरेको र त्यसमा मधेसवादी दलको पनि पूर्ण सहयोग रहेको स्मरण गराउँदै उनले अहिले पाँचवटा विषयमा असहमति जनाएर संविधानलाई नै अस्वीकार गर्न नहुने बताए।

पहिलो संविधानसभाको कामलाई स्वामित्व लिँदै नयाँ संविधान बनेको स्पष्ट पार्दै सभामुख नेम्वाङले वर्तमान संविधान प्रगतिशील, जनमैत्री र समावेशी भएको दावी गरे।

संविधान गतिशील र परिवर्तनशील हुने भएकाले असहमतिका बुँदालाई जनताका चाहना र भावनाबमोजिम संशोधन गर्दै लैजान सकिने उहाँको भनाइ थियो । सभामुख नेम्वाङले संविधानको कार्यान्वयनलाई सहज र सफल बनाउन दलबीचको एकता अभैm बलियो हुनु पर्नेमा पनि जोड दिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार