नेकपा एमाले सम्बद्ध प्रवासी नेपाली मन्च युएईले दशैंको अवसरका शुभकामना आदाप्रदान एवं वनभोज कार्यक्रमको आयोजना गरेको छ ।

अक्टोबर ७ मा सम्पन्न कार्यक्रममा वैदेशिक रोजगारीको लागि युएईमा रहेका नेपालीहरुको उल्लेख्य सहभागीता रहेकेा थियो ।

नेकपा एमालेका केन्द्रीय कमिटी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रवासमा रहेका  नेपालीहरुलाई दशै तथा दिपावलीको शुभकामना व्यक्त गरे । उनले प्रवासमा रहेका नेपालीका समस्या तथा उद्धारमा सरकार एवं सम्बन्धित देशमा रहेका राजदूतावास गम्भीर बन्नुपर्ने बताए । उनले यसवारे नेपाल संसदमा कुरा राख्ने आशवासन दिए ।

दुवईको जाबिल पार्कमा सम्पन्न कार्यक्रममा भट्टराईले वर्तमान सरकारले जनताको समस्या समाधान गर्न नसकेको भन्दै अलोचन गरे । उनले प्रवासी नेपालीहरुले हाइड्रोपावरमा लगानी गर्ने कार्यको प्रशंसा गर  ।

कार्यक्रममा प्रवासी नेपाली मञ्चका अध्यक्ष श्याम कँडेलले प्रवासमा रहेका नेपालीको पूजी एककृत गरी लगानी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका अर्का अतिथि युएईका कार्यवाहक राजदुत नेत्रबहादुर टण्डनले शुभकामना मन्त्वय राख्नुभएको थियो ।

प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटीका अध्यक्ष श्याम कँडेलको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन सचिव कृष्ण पौडेलले गरेका थिए । कार्यक्रममा  निवर्तमान अध्यक्ष प्रकाश कोइरालाले मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार