ताप्लेजुङको खेवाङ बजारमा आगलागी हुँदा डेढ करोड बढीको क्षती भएको छ ।
बिहान करीब साढे एक बजेतिर सुरु भएको आगोलागीले खेवाङ–४ का श्रीप्रसाद भट्टराई, रितुवर्ण दाहाल र कृष्णप्रसाद दाहालको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ ।
स्थानीय कृष्णप्रसाद दाहालको भान्छाबाट सल्केको आगोले अरु दुई घर पनि जलेका हुन् । मध्यरातमा आगलागी भएका कारण पसल र गोदाम समेत जलेको स्थानिय ब्यापारि उमेश गौतमले बताए ।
तीनओटै घरमा पसल र अलैंचीको गोदाम रहेकोले पनि ठूलो क्षति भएको प्रहरीको भनाई छ । स्थानीय र प्रहरीको सक्रियतामा करिब तीन घन्टापछि आगो नियन्त्रणमा आएको थियो ।







