राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादशैं, तिहार,नेपाल सम्वत् र छठका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छिन् । 

राष्ट्रपतिले मंगलबार दिएको सन्देशमा हाम्रा चाडपर्वहरू अनेकतामा एकता तथा सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रुपमा रहेको बताएकी छिन् ।

नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवम् सामाजिक उपलब्धिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न सबैलाई सकारात्मक सोच राखी सत्विचार र सत्व्यवहारमा अग्रसर हुन पनि राष्ट्रपतिले आग्रह गरेकी छिन्  । 

हाम्रा चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको राष्ट्रपतिको  भनाइ छ ।

सन्देशमा भनिएको छ– ‘विजया दशमीले हिमाल, पहाड, तराईमधेस तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् आपसी भ्रातृत्व कायम गर्नसमेत सफल रहोस् भन्ने कामना गर्दछु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार