विश्व्यापी रूपमा साम्राज्यवाद र उत्पीडित जनता र राष्ट्रहरूबीचको अन्तर्विरोध तीव्र बन्दैजाँदा महिलाहरूले भोग्दैआएको पितृसत्तात्मक तथा साम्राज्यवादी उत्पीडन विरुद्धको सङ्घर्ष पनि तीव्र बन्दैगएको छ । विश्वव्यापी रूपमा गतिशील भइरहेको जनआन्दोलनको आँधीबेहरी तथा जारी जनयुद्ध, जुन विश्वक्रान्तिको केन्द्र बन्दैगएको छ, त्यसले सडेगलेको राज्यसत्ताका साथै साम्राज्यवादका विरुद्ध पनि एउटा नयाँ दिशा प्रदान गरेको छ, जुन महिलाहरूको पनि प्रमुख दुस्मन हो र जसका विरुद्ध महिलाहरूले वर्षौदेखि सङ्घर्ष गर्दैआएका छन् ।
विश्वक्रान्तिका तुफानी केन्द्र बनेका उत्पीडित जनता तथा राष्ट्रहरूमा नै आजको आम महिला आन्दोलनको विकास भएको छ । जहाँजहाँ साम्राज्यवादले आफ्नो प्रतिक्रियावादी चरित्र देखाएको छ, सँगसँग विश्वका तत् ठाउँमा : सामन्ती, अर्धसामन्ती तथा नोकरसाही पुँजीवादी पितृसत्तात्मक तत्वहरूका विरुद्ध महिलाहरूको ठूलो सङ्ख्या उभिएको छ । साम्राज्यवादले एकातिर नोकरसाही पुँजीवादको माध्यमबाट नयाँ किसिमको नोकरसाही पुँजीवादी पितृसत्तात्मकताको विकास गरेको छ भने अर्कातिर अहिले पनि लाखौँ महिलामाथि हुने शोषणाका सामन्ती तथा अर्धसामन्ती पुराना रूपहरू दुव्र्यवहार, बलात्कार, अपहेलना, जबर्जस्ती विवाह, अपहरण, बेचबिखन र जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य जारी छ । सङ्क्षिप्तमा भन्दा सामन्ती तथा अर्धसामन्ती पितृसत्तात्मक व्यवस्थाले लाखौँ महिलालाई मृत्युको मुखमा धकेलिरहेको छ ।
उत्पीडित जनताको विश्वव्यापी सङ्घर्षको गतिसँगै महिलाहरू पनि पितृसात्मकता तथा साम्राज्यवादी हिंसाका विरुद्ध काँधमा काँध मिलाएर लडिरहेका छन् : उत्पीडनका विरद्ध महिला आन्दोलन अर्जेन्टिनालगायत सिङ्गो ल्याटिन अमेरिकाभरि फैलिइरहेको छ । हजारौँ अफ्गानी विद्रोही महिलाहरूले साम्राज्यवाद विरोधी चेतनाका साथ अफगानिस्तानलाई कब्जामा लिनेहरू र देशीय दलालका विरुद्ध सडक सङ्घर्ष गरिरहेका छन् । टर्की, कुर्दिस्तान, भारत र फिलिपिन्सका लाखौँ विद्रोही महिलाहरू वर्षौँदेखि महिलामाथि भएका उत्पीडनका विरुद्ध जुधारु सङ्घर्ष र प्रतिरोध सङ्घर्ष गरिरहेका छन् । यी सबै जनआन्दोलनको रणनीतिक केन्द्रबिन्दु् भनेको माओवादी कम्युनिस्ट पार्टीहरूको नेतृत्वमा भारत, फिलिपिन्स, पेरू र टर्कीमा चलिरहेका जनयुद्धहरू हुन्, जसले महिला मुक्तिको आन्दोलनलाई विश्वव्यापी रूपमा चलिरहेको वर्गीय मुक्ति आन्दोलनसित जोडेका छन्, पितृसत्तात्मक हिंसा र साम्राज्यवादी हिंसाविरुद्ध प्रभावकारी ढङ्गले लड्न क्रान्तिकारी हिंसाको प्रयोग गरिरहेका छन् ।
भारतमा चलिरहेको जनयुद्धले विशेष अर्थ राख्छ, जसले नयाँ राज्य सत्ताको रणनीतिक उद्देश्य प्राप्तिका लागि लाखौँ महिलालाई जनमिलिसियाका रूपमा सङ्गठित गरेको छ र यसले विश्वका जनतालाई युद्धमैदानबाटै एउटा उद्घोष गरेको छ : सङ्घर्षका लागि जुधारु शक्ति, निर्माण गरौँ ! जीतका लागि अघि बढौँ ! जनयुद्धको माध्यमबाट नयाँ जनवादी क्रान्ति, जुन वर्तमान विश्व क्रान्तिको मूल स्वरूप हो, यसले मात्र अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकका महिलाहरूलाई साम्राज्यवादी हैकम र त्यसको अमानवीय जुवा तथा युद्धबाट उनीहरूलाई मुक्त पार्न सक्छ भन्ने दृष्टिकोण र विश्वास महिलाहरूलाई प्रदान गरेको छ । जनयुद्धको माध्यमबाट मात्र आजको साम्राज्यवादी लडाइँलाई परास्त गर्न सकिन्छ ।
विश्पव्यापी अतर्विरोधबाट निर्देशित साम्राज्यवादी केन्द्रहरूमा पनि महिलाहरूमाथि दोहोर शोषण र उत्पीडन तीव्र बनाइएको छ । बुर्जुवा प्रचारमाध्यमहरूले गर्ने गरेको “मुक्त महिला” को नारा यथार्थसित मेल खाँदैन, त्यहाँ निकै ठूलो अन्तर्विरोध छ : गरिबी र बेरोजगारीले फेरि महिलालाई पुरुष र राज्यसत्तामाथि आश्रित गराएका छन् । महिलाको श्रमलाई कम आँकिन्छ, कमभन्दा कम ज्याला दिइन्छ र जतिबेर पनि कामबाट हटाउने गरिन्छ । साम्राज्यवादी व्यवस्थामा यसो एकदुई जना महिलालाई देखावटी स्थान दिएजस्तो गरे पनि मूलतः महिलाहरूबीच विभाजन ल्याउने रङ्गभेद नीतिलाई नै प्रोत्साहित गर्ने गरिन्छ । खासगरेर संशोधनवादीहरू, कर्पोरेटवादी शक्तिहरू विशेष खतरनाक छन्, जसले संसदवादी जालझेलमार्फत महिलाहरूलाई बुर्जुवाकरण गर्नेगर्दछन् । फासिवादीहरूले प्रगतिशील आन्दोलनहरूमाथि जङ्गली कुकुरलेझैँ आक्रमण गर्छन् । साम्राज्यवादी केन्द्रहरूमा महिला आन्दोलनमा निहित साम्राज्यवादी प्रभृत्व विरुद्ध आन्दोलनलाई अगाडि बढाउन र यसलाई सर्वहारावादी अन्तर्राष्ट्रियतावादसित जोड्ने काम सर्वोपरि महत्वको विषय हो र यसलाई विश्व सर्वहारा क्रान्तिको बाटोबाट मात्र अघि बढाउन सकिन्छ ।
साम्राज्यवादी मुलुकमा पनि महिलाहरू निरन्तर प्रतिरोधमा छन् । युरोपमा साम्राज्यवादप्रति घृणा र विद्रोहमा वृद्धि भइरहेको छ । र पनि सामान्यतः महिला आन्दोलन जटिल अवस्थामै छ र यो कसरी अघि बढ्छ भन्ने कुरा त्यहाँको विशिष्टता, परम्परा र अन्तर्विरोध र सर्वहारावादी शक्तिको स्थितिमा भरपर्ने कुरा प्रस्ट छ । बुर्जुवा र निम्न बुर्जुवा नारीवादी प्रवृत्तिको को ह्रास र र पतनले आजको आम महिलाको समस्यालाई हेर्ने तिनको अयोग्यतालाई नै प्रस्ट्याएको छ । यसको अर्थ सर्वहारावादी नारीवादी शक्तिहरूको कर्तव्य अहिलेको समयमा वर्गसचेत महिलाहरूलाई माओवादी कम्युनिस्ट पार्टीहरूमा अझ बढी सङ्गठित गर्नु हो र यसलाई ठोस किसिमले जुधारु र केन्द्रीकृत गर्नु आवश्यक हुन्छ । परन्तु विडम्बनाको विषय के छ भने जनआन्दोलनमा महिलाहरूको नेतृत्वदायी शक्ति र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू साम्राज्यवादी मुलुकहरूमा त्यति सशक्त हुन सकेका छैनन् र कतिपय मुलुकमा त निर्माणकै अवस्थामा छन् । साम्राज्यवादी मुलुकहरूमा महिला मुक्तिको आन्दोलनलाई नयाँ किसिमले अघि बढाउन सर्वहारावादी नारीवादको विकास गर्नु नितान्त आवश्यक छ । यसो नगर्नु भनेको क्रान्तिको आवश्यकतालाई पूरा नगर्नु हो —क्रान्तिलाई जुधारु दिशातर्फ नबढाउनु हो र सारमा बुर्जुवाहरूलाई नै बलियो बनाउनु हो ।
आजको महिला आन्दोलनभित्रको मुख्य सत्रु भनेको संशोधनवाद नै हो, जसले महिला मुक्तिको प्रश्नलाई गौँण रूपमा लिन्छ र यसलाई यान्त्रिक किसिमले लिन्छ — यसले महिला मुक्ति आन्दोलनमा क्रान्तिकारी धारको खुलेर विरोध गर्छ । संशोधनवादीहरू भनेका क्रान्तिकारी तप्कामा पसेका बुर्जुवाहरू भएकाले यिनका विरुद्ध निर्मम लडाइँ लड्नु आवश्यक छ । संशोधनवादका लागि महिला आन्दोलन भनेको बढीभन्दा बढी आर्थिक मागहरूसित सम्बद्ध प्रश्न मात्र हो, जसले नयाँ किसिमको “महिला अधिकारवाद” लाई मात्र अघि बढाउँछ र महिला मुक्तिको प्रश्नलाई क्रान्तिकारी प्रक्रियाबाट अलगथलग पार्छ ।
आजको सर्वहारावादी नारीवादी आन्दोलनले माओवादको सार्वभौम सत्यको अंश बनेर मात्र आन्दोलनलाई सही दिशा र गति दिन सक्छ, सर्वहारावादी आन्दोलनको एउटा जुझारु शक्तिका रूपमा विकशित हुनसक्छ । हामीले मार्क्सवादको सार्वभौम सत्यलाई बुझ्नु तथा आत्मसात गर्नु आवश्यक छ : “उत्पीडित हुनु श्रमजीवीहरू र महिलाहरूबीचको समानता हो ।” समाज वर्गहरूमा विकसित हुनथाले सँगै पितृसत्तात्मकताको पनि विकास भएकाले यसको अन्त्य गरेर मात्र महिला मुक्ति सम्भव छ र यो काम कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्वहारा वर्गीय बाटोमा अगाडि बढेर मात्र सम्पन्न हुन्छ । महिलाहरूको मुक्तिको कार्य महिलाहरू आफैँ अघि सरेर मात्र पूरा गर्न सकिन्छ, यो कार्य विश्व क्रान्तिकारी प्रक्रिया जनयुद्धको माध्यमबाट प्राप्त नयाँ जनवादी तथा समाजवादी क्रान्ति तथा सर्वहारावादी सांस्कृतिक क्रान्तिहरूबाट सम्पन्न गर्न सकिन्छ ।
सर्वहारावादी नारीवादी शक्तिहरूका लागि मार्च ८, २०१६ को नारी दिवस विशेष महत्वको दिन हो, साथै सन् २०१६ ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’, जसमा अन्तर्राष्ट्रिय महिला मुक्ति आन्दोलनले उच्चतम बिन्दु प्राप्त गरेको थियो, यो वर्ष यसको को ५० औँ वर्षगाँठ पनि हो । त्यसैगरी महान् नेता अध्यक्ष माओ, जसले सर्वहारावादी नारीवादी आन्दोलनमा महिला मुक्तिका लागि शक्तिशाली हतियार प्रदान गर्नुभयो, यो वर्ष उहाँको मृत्यु भएको ४० वर्ष पूरा भएको वर्ष पनि हो । त्यसैगरी ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ ले महिला मुक्ति आन्दोलन भनेको सर्वहारा वर्गीय मुक्ति आन्दोलन नै भनेर विश्वलाई प्रस्ट पार्यो , यसले महिला मुक्ति आन्दोलन प्रत्यक्ष र द्वन्द्वात्मक किसिमले सर्वहारावादी आन्दोलनसित गाँसिएको हुन्छ र बुर्जुवा विचार निजी सम्पतिको पूर्ण अन्त्य नभइकन यो लक्ष्य प्राप्त हुँदैन भनेर प्रस्ट पार्यो ।
क्रान्ति आजको विशवको पुमुख प्रवृत्ति हो । अहिलेको परिदृश्यले साम्राज्यवाद पूर्ण पतनको दिशातिर जाँदैछ र समाजवाद विश्ववयापी विजयतर्फ उन्मुख हुँदैछ भनेर देखाउँछ । यसको अर्थ वस्तुगत स्थितिले सतेच शक्तिहरूलाई दुई लाइन सङ्घर्ष तीव्र पार्न बाध्य पार्दछ, र महिलालाई नेतृत्वकारी शक्तिका रूपमा विकास गर्न, खास देशको विशिष्ट स्थितिमा वर्गसङ्घर्ष चर्काउन र सर्वहारावादी नारीवादी आन्दोलनलाई अघि बढाउन मालेमा मूलतः माओवादको प्रयोगको बाटोमा अघि बढ्न आह्वान गर्दछ । “अहिलेको स्थितिबाट के कुरा बुझ्न गारो छैन भने लैङ्गिक विभेदको सही अन्त्य र समानताको प्राप्ति, महिला मुक्ति आन्दोलनको पूर्णताको प्रत्याभूति त्यतिबेर मात्र बोध गर्न सकिन्छ, जब यो आन्दोलन समाज रूपान्तरणको मूल आन्दोलनसित जोडिएर सम्पन्न हुन्छ, जसले शोषक वर्गहरूको अन्त्य गर्छ र सामन्त वर्ग र पितृसत्तात्मक र अन्य शोषक–वर्गीय विचारको पनि सदाका लागि अन्य हुन्छ ।” (सङ क्विलिङ) ।
अहिलेको स्थितिमा हतत्कडीसिबाय महिलासित गुमाउने केही पनि छैन र जित्नका लागि आधा संसार छ, र यो सम्भव छ ।
क्रान्तिलाई दरोसित समातौँ — सर्वहारावादी नारीवाद लागू गरौँ !
पितृसत्तात्मकता र साम्राज्यवादका विरुद्ध लडौँ !
जनयुद्धका माध्यमबाट नयाँ जनवादी र समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि महिला आन्दोलनको वर्गचेतनालाई जुधारु शक्तिका रूपमा विकास गरौँ !
माओवादको दिशा निर्देशनमा साम्यवादको दिशामा अघि बढौँ !
महिलाहरूले आधा आकासको प्रतिनिधित्व गर्छन् र उनीहरूले विजय प्राप्त गर्नेछन् !
सर्वहारावादी अन्तर्राष्ट्रियतावाद अमर रहोस् !

द नेक्स्ट फ्रन्टबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार