बिहीबार राजधानीका दुर्इ स्थानमा दुर्इ हिन्दुवादी संगठनकाे महासम्मेलन सुरू भएकाे छ ।
चाखलाग्दाे कुरा के भएकाे छ भने यी दुर्इ स्थानमा वर्तमान राष्ट्र प्रमुख विद्यादेवी भण्डारी र पूर्व राष्ट्र प्रमुख ज्ञानेन्द्र शाहले हिन्दुवादी महासम्मेलनकाे उद्घाटन गरेका छन् ।
वर्तमान राष्ट्र प्रमुख भण्डारीले राजधानीको खुलामञ्चमा ‘अन्तराष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलन’ उदघाटन गरिन भने विश्व हिन्दु महासंघको आयोजनामा बिहीबारदेखि पशुपतिस्थित वनकाली क्षेत्रमा ‘अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलन’ काे उदघाटन ज्ञानेन्द्रले गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तराष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलन’ गरिन् भने पूर्व राजा ज्ञानेन्द्रले अन्र्तराष्ट्रिय विराट हिन्दु महासम्मेलन’ उद्घाटन गरे ।
राष्ट्रपति भण्डारीले वैदिक सभ्यताले हाम्रो जीवनलाई निर्देशन गर्ने बताइन् । ‘वैदिक शिक्षाका साथमा महिलाहरुलाई पनि अगाडी बढाउने प्रेरणा मिलेको छ,’ उनले भनिन्, ‘पहिला आर्य समाजले नै महिलालाई अगाडी बढाउन प्रेरणा दिएको हो ।’

पूर्व राजा ज्ञानेन्द्रले राजनीति ठीक हालतमा नभएकाले जनतामा निरासा पैदा भएको दाबी गरे ।
उनले अब जनताले सोच्ने बेला भइसकेको बताए । ‘मुलुकमा पछिल्लो समयमा निषेधको राजनिति मौलाएको छ,’ उनले भने, ‘यसले मुलुक असन्तुलित बनेको छ ।’ उनले मुलुकमा असन्तुलन आएमा त्यसले विद्रोह जन्मने बताए । ‘हिन्दु धर्म संस्कृतिमा कालो बादल छाएको छ,’ उनले भने, ‘यसलाई जर्गेना गर्नुपर्ने खाचो छ ।’
त्रिभुवन विश्व विद्यालय संस्कृत केन्द्रिय विभागका उपप्रध्यापक एवं अन्तराष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलनका सहसंयोजक जर्नादन घिमिरेले वैदिक ज्ञानको उन्नति नभएसम्म मुलुकको उन्नती नहुने बताए छन् ।
दुवै सम्मेलन तीन दिनसम्म चल्नेछ ।







