अमेरिकी राष्ट्रपति चुनावका प्रतिस्पर्धी डोनाल्ड ट्रम्प विभिन्न प्रसंगलाई लिएर विवादमा पर्दै आएका छन् । यही क्रममा उनको अर्को पनि विवादास्पद कुरा सार्वजनिक भएको छ ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनमा उनले सन् २००४ मा अन्तर्वार्ता दिने क्रममा हलिउड नायिका लिन्ड्से लोहनको नांगो तस्बिरका बारेमा बोलेको प्रसंग अहिले चर्चाको विषय बनेको छ । लोहनलाई उनले त्यति बेला ‘ओछ्यानका लागि उचित केटी’ भन्ने प्रतिक्रिया दिएका थिए ।

हवार्ड स्टर्न सोमा उनले भनेका थिए, ‘लोहनको छाती नजिकबाट देखेको छु । उनको छातीभरि दाग नै दाग छ । उनी साँच्चै समस्या भएकी केटी हुन् । त्यस्ता केटीहरू ओछ्यानका लागि मात्रै उचित हुन सक्छन् ।’ त्यतिमात्र होइन, लोहनका बुवा अधर्मी हुनसक्ने प्रतिक्रिया पनि उनले त्यति बेला दिएका थिए । त्यति बेला लोहन १८ वर्षकी थिइन् ।

डोनाल्डले कुनै पनि महिलालाई अनुमतिबिना नै आफूले चुम्बन गर्ने गरेको समेत बताएका थिए । रियल स्टेट व्यवसायमा लागेका डोनाल्डले आफ्नो स्टारडमका कारण जे गरे पनि कुनै महिलाले आपत्ति नजनाउने दाबी गरेका थिए ।

त्यति बेला सर्वत्र आलोचना भएको यस विषयले हाल पनि डोनाल्डलाई विवादमा तानेको हो । यस विषयले उनको राष्ट्रपतीय चुनावी अभियानमा नकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ । विवादास्पद यी प्रसंगलाई उनका कुनै तर्कले पनि छल्न सकेको छैन ।

हिलारी र चेल्सीको प्रशंसा

विश्वभर निकै चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपतीय निर्वाचनको ‘डिबेट’ कार्यक्रममा राष्ट्रपति पदका दाबेदार हिलारी रोधम क्लिन्टन र उनकी छोरी चेल्सीको प्रशंसा भएको छ ।

आमा हिलारीलाई समर्थन गर्न कार्यक्रममा पुगेकी चेल्सीको आकर्षक व्यक्तित्वका कारण उनलाई राम्रो प्रतिक्रिया मिलेको हो । कालो प्रिन्टेट पहिरनमा पुगेकी ३६ वर्षकी चेल्सीलाई एकदम ‘पर्फेक्ट’ देखिएको थियो ।

यसपटकको राष्ट्रपतीय निर्वाचनको तेस्रो तथा अन्तिम डिबेट कार्यक्रममा उनकी आमा हिलारी पनि उत्तिकै आकर्षक देखिएकी थिइन्।

अमेरिकामा हिलारीलाई पावरफुल, स्ट्रङ र स्टाइलिस्ट महिलाका रूपमा हेरिने गर्छ । प्रायः सबैजसो डिबेटमा प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका डोनाल्ट ट्रम्पलाई उनले छायामा पार्दै आएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार