
नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठक सम्पन्न भएको छ । बैठकले व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वासको प्रस्तावबारे विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढाउने अधिकार पार्टी अध्यक्ष तथा दल नेता प्रचण्डलाई दिने निर्णय गरेको छ ।
बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘व्यवस्थापिका–संसदमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष तथा दल नेता कमरेड प्रचण्डलाई दिने निर्णय गरियो ।







