चिनियाँ अर्थतन्त्र सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा वार्षिक दरका आधारमा ६.७ प्रतिशतले वृद्धि भएको छ । यसलाई वृद्धि स्थिर हुन लागेको संकेतका रूपमा हेरिएको छ ।

यो  तथ्यांक अघिल्ला दुई त्रैमासिककै सामान र प्रक्षेपणकै तहमा छ । स्थायित्वको अवस्थाले लगानीकर्तालाई पुनः आश्वस्त पारेको छ । यो वर्षको सुरुमा चिनियाँ बजार र मुद्रामा देखा परेको संकटले लगानीकर्ताको विश्वास घटेको थियो । उक्त अवस्थाले थप मन्दीको त्रास बढाएको थियो ।

चिनियाँ आर्थिक भूमिकाको विश्वभरि प्रभाव रहने गरेको छ । यो वर्षको पूरै अवधिको वृद्धि अझै गत वर्षभन्दा कमजोर हुने देखिएको छ ।

चिनियाँ आर्थिक वृद्धिपहिले नै २५ वर्षकै न्यून दरमा वृद्धि भएको छ । निजी लगानी कीर्तिमानी न्यून तहमा ओर्लिएको बेलामा वृद्धिलाई सरकारी खर्च र बढ्दो ऋणले मात्रै उकासेकोमा भने चासो बढेको छ ।

निर्माणमा वृद्धि

सामान्य भूमिका अपेक्षाभन्दा राम्रो भएको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । तथ्यांक बेइजिङले यो वर्षका लागि राखेको वृद्धि लक्ष्य ६.५ देखि ७ प्रतिशतकै बीचमा छ ।
यो वर्ष चिनियाँ अर्थतन्त्रमा रियलइस्टेट संवाहक बनेको छ ।

बुधबार सार्वजनिक गरिएको छुट्टै तथ्यांकले जनवरीदेखि सेप्टेम्बरको बीचमा सम्पत्तिमा गरिएको लगानी ५.८ प्रतिशतले वृद्धि भएको देखाएको छ । बिक्री झन्डै २७ प्रतिशतले वृद्धि भएको छ ।

सम्पत्तिरूपी फोका फुट्ने अवस्थाको रोकथाम गर्न सरकारले गरेको प्रयासका बाबजुद यो अवस्था आएको हो । केही सहरले थप धितो र दोस्रो घरमाथि प्रतिबन्धको माग राख्दै आएका छन् । चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र र सामान र व्यापारिक सेवा दुवैको दोस्रो ठूलो आयातकर्ता रहँदै आएको छ ।

तेल र अन्य वस्तुको आयातकर्ताका रूपमा चीनको भूमिका पनि ठूलो रहँदै आएको छ । चीनको वृद्धिदरमा आएको गिरावट उक्त वस्तुहरूको मूल्य ओरालो लाग्ने कारण पनि बनेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार