Former king Gyanendra Shah on to pay homage at different temples including the Bhairavi Temple in Nuwakot, on may 14, 2016. Photo: RSS

यही कार्तिक ४, ५ र ६ गते विराट हिन्दु सम्मेलनको आवरणमार्फत नेपालका पूर्व राजा ज्ञानेन्द्रलाई इन्डो–पश्चिमा साम्राज्यवादले नयाँ दलाई लामा बनाउने पुर्नअभ्यास सुरु भएको छ । विगतमा पनि उनलाई कथित हिन्दु सम्राटको पगरी गुथाईयो । तर, उनले असंवैधानिक रुपमा पुनस्र्थापना गरेको ससद्ले युरोपियन पश्चिमा (क्रिश्चियन) को डिजाइनमा धर्म निरपेक्षताको घोषणा गर्दा हिन्दु सम्राटका हितैषीहरु कहाँ थिए ? र, आज हिन्दु सम्राटको किन आवश्कयता देख्दैछन् ?

धर्म निरपेक्षताको आवरणमा भित्रिएको क्रिश्चियन राजनीति जति खतरनाक छ, हिन्दु सम्राटको आवरणमा भित्रिनु पनि त्यतिनै खतरनाक छ । यसकारण धर्म निरपेक्षताको खारेजी अनिवार्य शर्त हो भने हिन्दु सम्राट मोडलको सांस्कृतिक साम्राज्यवाद निर्मुल पार्न पनि त्यतिनै अनिवार्य पाटो हो ।

सन् १९९० पश्चात् भारतमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले बृहत सञ्जाल फिँजाइसकेको छ । जुन सञ्जाललाई संघ र संघ परिवार भनिन्छ ।
आरएसएसको भारतीय सञ्जालमा भारतीय जनता पार्टी, शिव सेना, बजरंग दल, विश्व हिन्दू परिषद् लगायत पर्दछन् । आरएसएसले सन् २००० पश्चात् नेपालमा पनि विभिन्न रुपरंगमा आफ्नो सञ्जाल फैलाईरहेको छ । नेपालमा राणा केन्द्र हिन्दूइजमको आवरणमा राप्रपा नेपाल, शिवसेना, पशुपतिसेना, हिन्दू स्वयंसेवक संघ, अखण्ड नेपाल पार्टी, स्वाभिमान पार्टी, नेपाल जनता पार्टी, नेपाली जनता दल, समाजवादी जनता पार्टी, जनता दल युनाइटेड, जनता पार्टी नेपाल जस्ता स–साना संगठनहरू पश्चिमा साम्राज्यवादी रणनीतिक साझेदारका रुपमा एउटै उद्देश्य केन्द्रित छन् ।

२०६० सालमा हिन्दू स्वयंसेवक संघले राजनीतिलाई हिन्दूकरण, हिन्दूलाई सैनिकीकरणको नारा दिएर कथित राष्ट्रिय जागरण सञ्चालन गरेको थियो । शिवसेनाको नेपालको ५० जिल्लामा उपस्थिति रहेको छ । यसैगरी आरएसएसको जस्तै उद्देश्य र मान्यता बोकेको दाबी गर्ने हिन्दू स्वयंसेवक संघको नेपालका प्रमुख शहरहरूमा सम्पर्क रहेको छ । यसले नेपालमा रहेका अतिवादी हिन्दू संगठनहरूको छाता भएको दाबी गर्दछ । तर इसाईकरणविरुद्धको आवाज मन्द छ ।

अहिले हिन्दु सम्राटको आवरणमा यही पश्चिमा शक्ति पुनः जुर्मुराउन खोजेको छ । यी संगठनहरुले भारतमा मुस्लिम समुदायसँग भिडन्त गर्ने काम गर्दछन्, तर क्रिश्चियनसँग भिड्दैनन् । किनकि सीआईएको लगानी हिन्दू–मुस्लिम भिडन्त, क्रिश्चियानीकरण र समाजवादी राष्ट्र चीनविरुद्ध भड्काउनु र अस्थिरता सिर्जना गराउनु हो । अर्कोतर्फ इसाईहरुले मुसलमान प्रयोग गर्दै अयोध्याको बाबरी मस्जिद र गुजरातको गोदरा हत्याकाण्ड रचेका हुन् । तर कुनै पनि चर्च उनीहरूको निशानामा पर्दैनन् । अर्कोतर्फ क्रिश्चियनहरूको बाहुल्यता रहेको गोवाबाट भाजपाका क्रिश्चियनलाई जिताइन्छ । जहाँ भाजपाको तर्फबाट उपमुख्यमन्त्री नै क्रिश्चियन छन् । गोवामा बीजेपीलाई समर्थन इसाईहरुको दूरगामी र कुटिल रणनीतिक अभ्यास हो । यसरी पश्चिमा शक्तिले यो संगठनलाई कसरी प्रयोग गरिरहेछ भन्ने स्पष्ट हुन्छ । इन्दिरा गान्धी, राजिव गान्धी, सञ्जय गान्धीको हत्या गरेर ‘अ’ले सीआईएको इशारामा काम गर्दै हिन्दू मुसलमान संघर्ष चर्काएको छ ।

‘भारत उदय’ को नारा दिएर सीआईएले हिन्दूभित्रै क्रिश्चियन घूसपैठ गतिविधिलाई महत्व दिने, मुस्लिम विरोधी दंगा भड्काउने काम ग¥यो । तर धर्म परिवर्तन गराउँदै हिँड्ने इसाई प्रवृत्तिलाई आँखा चिम्लिन्छ किन ? २०६१ भदौ १६ मा नेपालमा मुस्लिमविरोधी दंगा भड्काउन हिन्दू आवरणमा पश्चिमा क्रियाशील रह्यो । नेपालमा मुस्लिम समुदायका मस्जिद निजी सम्पत्ति र शहर–बजारमा आगो लगाइएको थियो । काठमाडांैमा तीन मस्जिद, चार मदरसा र अन्य ठाउँमा भएको आक्रमणको जिम्मा शिवसेना नेपालले लिएको थियो । जुन सीआईए रणनीतिअन्तर्गत हिन्दू मुस्लिमबीच द्वन्द चर्काएर इसाईकरण गर्दै आफ्नो साम्राज्य कायम राख्ने दीर्घकालीन रणनीति अन्तर्गत साम्प्रदायिकतालाई निम्त्याउन गरिएको थियो । यसमा सेना, जनपथ प्रहरीको संलग्नता र निष्क्रियता थियो । कांग्रेस नेता चिरञ्जीवी वाग्लेको घर प्रहरीकै संलग्नतामा आगो लगाइएको थियो ।

गुजरातमा (अतिवादी) मुस्लिम प्रयोग गर्दै हिन्दू दंगा गराएर नरसंहार मच्चाउन सीआईए रणनीतिअन्तर्गत निम्त्याइएको गोदरा हत्याकाण्ड भाजपा नेता नरेन्द्र मोदी संलग्न थिए । यो पश्चिमा क्रिश्चियनहरुको दोहोरो रणनीति रहेको थियो । मोदीलाई अमेरिकाले भिसा नदिएर नेपालका तत्कालीन माओवादी नेता प्रचण्ड–बाबुरामसँग दोहोरो रणनीतिमा खेलिरहेको थियो । जसरी कथित माओवादीलाई आतंककारी पनि भन्ने, सुरक्षा पनि दिने कार्य अमेरिका–युरोपियन–भारत ‘रअ’ र नेपाली सेनाले गरेको थियो ।

पोपजोनले घोषणा गरेका छन्, पहिलो सहस्राब्दीमा इसाईहरूले युरोपमा, दोस्रोमा अफ्रिकामा कब्जा जमाए । अबको तेस्रो सहस्राब्दीमा एसियामा इसाई धर्मले कब्जा गर्ने छ । त्यसका निम्ति हिन्दू मुस्लिमबीच विभाजन र द्वन्द इसाईकरण अगाडि बढाउने उसको नीति हो । १ अर्ब हिन्दूका सम्राट भन्दै राजा ज्ञानेन्द्रलाई राज्यविहीन ‘हिन्दू सम्राट’ घोषणा गर्ने विश्व हिन्दू परिषद्लगायत हिन्दू आवरणका क्रिश्चियनको २०६३ जेठ ४ गते सीआईएको निर्देशनमा नेपाललाई धर्मनिरपेक्षता घोषणा गर्ने कार्यमा समर्थन रहेको देखिन्छ । यसकारण हिन्दू आवरणका इसाई, कसाई र सीआईए जालोबाट नेपाल र भारतलाई मुक्त गर्न नसके पोपजोनको घोषणा लागू नहोला भन्न सकिन्न । समयमै सबैलाई चेतना होस् ।

नेपाल चीनको तिब्बत (चीन स्वशाषित क्षेत्र) र भारतमा हिन्दू आवरणका धेरैजसो साधुसन्त जोगीहरू ‘रअ’ मार्फत सीआईएद्वारा परिचालित छन् । जुन माओवादीदेखि घोर दक्षिणपन्थीहरूसँग जोडिएका छन् । चाहे ती भारतीय सेनाका पूर्व जनरल पाइलटबाबा, नेपाली नागरिक कालीबाबा, विश्व हिन्दू परिषद्का अशोक सिंघल, कथित गोरखनाथ पीठका आदित्यनाथ, रविशंकर, स्वामी कमलनयनाचार्य, स्वामी चन्द्रेश, ओशोको आवरणमा स्वामी आनन्द अरुण, रामदेव, सन्तरामपाल, भरतकेशर सिँह। हेमबहादुर कार्कीगायतका भारतीय कथित साधुसन्त आवरणमा पश्चिमा परस्त गतिविधि गर्दै आइरहेका छन् । जोगीको भेषमा राजनीति गर्न आउने भारतीयहरू ‘रअ’ का गुप्तचरहरू हुन्, कुनै धार्मिक आस्था होइन । यी कथित पण्डाहरूको पश्चिमा परस्त गतिविधिहरूको विरोध गर्दैनन् । क्रिश्चियन ट्रष्टको लगानीमा गतिविधि गरिरहेका छन् ।

स्मरण रहोस्, नेपालको सन् २००१ (२०५८ जेठ १९ गते ) को हार्ड सैन्य ‘कु’ भारतमा भाजपा सरकारकै समयमा भएको थियो । भारत विरुद्ध सुरुङ युद्ध घोषणा गर्ने माओवादी र त्यसका नेता प्रचण्ड उर्फ छविलाल (पुष्पकमल) दाहाल र डा. बाबुराम भट्टराईले सन् २००२ मा बाजपेयी जो प्रधानमन्त्री थिए, उनलाई आफूहरू भारत विरोधी नभएको पत्र बुझाएर । (प्रा. एसडी मुनी जेएनयु, नेपाल ट्रान्जिट प्वाइन्ट) । प्रचण्ड–बाबुराम र नेपालका घोर दक्षिणपन्थी, मण्डलेको केन्द्र वीरेन्द्र हत्याकाण्डमा सीआईएसँग जोडिएको देखिन्छ । यो घटनामा ‘रअ’ र बाजपेयी भाजपा सरकार संग्लग्न थिए ।

नवऔपनिवेशिक दासताको धार्मिक आवरण

अन्तर्धार्मिक सञ्जालको नाममा चलेको गैरसरकारी संगठन होस् या कथित कीर्ते राजावादी मण्डले, कीर्ते विश्व हिन्दू महासंघ यिनका गतिविधि न त धार्मिक सरोकार राख्छन् न त धार्मिक विश्वाससँग आस्था नै रहेको छ । कीर्ते विश्व हिन्दू महासंघका कतिपय नक्कली नेताका श्रीमती र छोराछोरी नै भात इसाई बनेका छन् । पाश्चर डा. केवी रोकाय र नक्कली हिन्दु महासंघका भरत केशर सिंह प्रवृतिहरुमा तात्विक भिन्नता छैन ।

हिन्दूत्वको आवरणमा रहेकाहरू राजा वीरेन्द्रको हत्या गर्ने सीआईए उसको भ्रातृ संगठनको रुपमा रहेको भारतीय खुफिया एजेन्सी ‘रअ’ नेपाली सेनाको राणा केन्द्र र त्यसैले सञ्चालन गरेका संगठन राप्रपा नेपाललगायत पश्चिमा परस्त सीआईए मिसन प्रेरित रहेको देखिन्छ । यसलाई धर्मप्रतिको आस्था र विश्वास होइन कि सन् १९७४ अप्रिल १४ मा सिक्किमका तत्कालीन प्रधानमन्त्री लेण्डुप दोर्जेले राष्ट्रघाती संविधानसभाले मुलुक नै विलय गराउने निर्णय कथित जनमत संग्रहमार्फत अनुमोदन गराएर भारतमा विलयको वैधानिकता दिएजस्तै ०६३ जेठ ४ र ०६४ जेठ १४ गते सीआईएको पकडमा रहेको नेपालको संविधानसभाले गरेका धर्मनिरपेक्षतालगायत राष्ट्रघाती निर्णयलाई पनि जनमतसंग्रहको नौटङ्कीमार्फत अनुमोदन गराउने षडयन्त्रभित्र इसाई राज्य गठन मुस्लिमहरुको बीचमा इजरायल बनाएजसरी विशाल चीन र भारतको बीचमा नेपाल पृथक् क्रिश्चियन राज्य स्थापना पश्चिमा साम्राज्यवादको मूल अभिप्राय हो ।

अहिले शंशाक कोइरालाले विगतमा रुकमांगत कटुवाल र कमल थापाले बोकेको सिक्किमी जनमत संग्रह हिन्दु आवरणमा उठाएका छन् । विरोध गरेजस्तो नाटक मंचन गर्दै कार्टर सेन्टरले चलाएको नयाँ पत्रिका र क्रिश्चियन मिसनले चलाएका कान्तिपुरले सुनियोजित रुपमा बहसमा ल्याउने अभियाानमा छन् ।९५ प्रतिशत परम्परागत सनातनी हिन्दू, बौद्ध, खस, किराँतलगायत ॐकार परिवारका धर्मावलम्बीहरूको संख्या जनगणनामै प्रष्ट छ । जनमत संग्रह किन र कसका लागि ? यो समग्रमा पश्चिमा एजेन्डा हो । चीनविरुद्ध फ्रि तिब्बत, जनमत संग्रह, नेपालमा धर्मको जनमत संग्रह एउटै रणनीतिका फरक पाटा मात्र हुन् ।

यो विश्व साम्राज्यवादको आडमा राजा वीरेन्द्रको हत्या गर्ने हत्यारो सैन्य हेडक्वार्टरको एजेन्डा पनि हो । माओवादी केन्द्र, राप्रपा नेपाल र नेकपा (एमाले) का चुनावी घोषणापत्रमा जनमतसंग्रह एजेन्डा समान रुपमा रहनु संयोग होइन, यही एजेण्डामा अहिले शशांक आइरहेका छन् । यो नियोजित रुपमा नै आइरहेको छ । इतिहासमा माले, मसाल, मण्डल र फ्रायडवादी कांग्रेस एउटै हुन् भन्ने कुरा जनमतसंग्रह समान रहनुले स्पष्ट गर्दछ । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालले पहिलो संविधानसभामा जनमतसंग्रह एजेन्डा पेस गर्नुको रहस्य खुल्दै गइरहेको छ । बेबी किङको सीआईए एजेन्डा पनि उनीमार्फत नै गिरिजाप्रसाद कोइरालाको ब्यानरमा सार्वजनिक गरिएको थियो । जसलाई राजा ज्ञानेन्द्रले अस्वीकार गरे । यी सबैको अन्तर्राष्ट्रिय केन्द्र सीआईए हेडक्वाटर रहेको खुलासा भइसकेको छ ।

यो अवस्थामा पूर्व राजा ज्ञानेन्द्र दलाई लामाजस्तो हिन्दु सम्राट बन्न जानु ऐतिहासिक महाभूल हो । देशभक्त संस्कृतिप्रेमी र राष्ट्रवादीहरुलाई यो कदापी स्वीकार्य छैन । हेक्का रहोस् सांस्कृतिक साम्राज्यवादका विरुद्ध वैकल्पिक संगठन, विचार र शक्तिको जन्म भइसकेको छ । यसलाई कमजोरी ठान्नु महाभुल हुनेछ ।

हिन्दूत्वका लागि धर्मध्वजीहरूको साम्राज्यवादमा निर्भरता, स्वेच्छिक होइन, पश्चिमा परस्त विचारधारामा निहित छ । यस सम्बन्धमा सन् २००५ (वि.सं. २०६१) तिर जतिबेला विश्वहिन्दू परिषद् र कथित नक्कली कीर्ते राजावादी विश्व हिन्दू महासंघका नेता क्रमशः अशोक सिंघल, भरतकेशर सिंह र राप्रपा नेपालका अध्यक्ष कमल थापाहरूले राजा ज्ञानेन्द्रलाई हिन्दू सम्राट बनाएर सीआईएलाई खुसी तुल्याउन तछाडमछाड गरेको सन्दर्भ वर्तमानमा पुन स्मरण गराएको छ ।

यो अवस्थामा धर्म निरपेक्षता र इशाई मिसनसँगै हिन्दु सम्राट मोडलमा आएको अर्को साम्राज्यवादी मोडलका विरुद्ध संघर्ष पेचिलो बनेर गएको छ । देशभक्तहरु नयाँ आधारमा धुव्रीकरण भएर लड्नुको विकल्प छैन ।

हो, पूर्व राजा ज्ञानेन्द्रले निषेधित राजतीतिलगायत कतिपय विषयवस्तुको उठान ठीकै हो । तर त्यसकै आधारमा साम्राज्यवादी चालबाजी र षडयन्त्रलाई न समर्थन गर्न सकिन्छ न त ढाकछोप गर्न नै दिइन्छ । यो अवस्थामा सांस्कृतिक साम्राज्यवादका विरुद्ध सबै मोर्चामा देशभक्तहरु लड्नेछन् । सबैलाई चेतना भया । यो लडाइँलाई कमजोर ठान्नेहरु आफै समाप्त हुनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार