लाेकमान सिंह कार्की प्रकरणले नेपाली राजनीतिमा पुनः कटुवाल प्रकरण ब्युँतिएकाे र अब यही कारणले प्रचण्डले नैतिकताकाे अाधारमा राजिनामा दिनु पर्ने राजनीतिक विश्लेषकहरूले विश्लेषण गर्न थालेका छन् ।

कार्की प्रकरणकाे सही ढंगले व्यवस्थापन नगरिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिने निश्चित देखिएकाे छ । किनभने नैतिकताकाे अाधारमा उनले राजिनामा दिनु पर्ने हुन्छ ।

अाफ्नै सत्ता पक्ष दलका नेताहरूले नै लाेकमान सिंह कार्कीलार्इ महाअभियाेग प्रस्तावकाे प्रस्तावक बनेर संसदमा उभिएपछि प्रचण्ड नैतिक रूपले संकटमा परेका छन् ।

संसदमा दर्ता भएकाे महाअभियाेग प्रस्ताव कुनै पनि हालतमा पारित हुन नसक्ने भएपछि प्रचण्ड नैतिक संकटमा पर्नेछन् । महाअभियाेग प्रस्ताव पारित हुन संसदमा ३९७ सांसदकाे मत चाहिन्छ । जुन दुर्इ तिहार्इ मत हाे ।

ppppbbbतर संसदमा कुनै पनि हालतमा त्याे दुर्इतिहार्इकाे संख्या पुग्ने देखिदैन । किनकि लाेकमान सिंह कार्कीलार्इ बचाउन भारतदेखि नेपालका कांग्रेस र माअाेवादी केन्द्रका धेरै ठूला नेताहरू लागेपछि संसदबाट पारित हुने कुनै संभावना छैन । यसाे हुँदा महाअभियाेग प्रस्ताव पारित भए प्रचण्डकाे जित र लाेकमानकाे हार हुनेछ ।

यता प्रचण्ड लाेकमानले पनि नहार्ने र अाफुले पनि नहार्ने जुक्ति चालिरहेका छन् । प्रचण्डकाे जाेड रहेकाे छ-‘सर्प पनि नमर्ने र लठ्ठी पनि नभाच्चिने ढंगकाे’ छ । यसाे हुँदा याे बेला प्रचण्ड ठूलाे राजनीतिक धर्म संकटमा परेका छन् ।

संकटमा परेपछि प्रचण्डले भारतदेखि अरू कयाैं शक्ति केन्द्रलार्इ याे संकट सुल्झाउन गुहार मागिरहेका छन् । अाफ्नाे बर्हिगमन पनि नहुने र लाेकमानकाे पनि भविष्य जीवित रहने बाटाे खाेज्न प्रचण्ड याे बेला दिन रात लागि परेका छन् ।

तर पार्टीमा जनार्दन शर्मा र महेन्द्रबहादुर शाहीहरूले पहिलाे कटुवाल प्रकरणमा बादल, बाबुराम र महराकाे बाटाे समाएपछि प्रचण्ड ठूलाे संकटमा फस्न पुगेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार