
चीनले विगत तीन वर्षमा १० लाख अधिकारीलाई भ्रष्टाचार मुद्दामा कारवाही गरेको छ ।
मुद्दा लागेपछि भागेर अन्य देश पुगेका ४ सय ९ जनालाई पनि विभिन्न मुलुकबाटै पक्राउ गरिएको चीन सरकारले जनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीले पेश गरेको दस्तावेजमार्फत संख्या सार्वजनिक भएको हो । चीनमा राष्ट्रपति सि जिनपिङ्गले भ्रष्टाचार विरुद्धको अभियानलाई तिव्रता दिएका छन् ।
तर भ्रष्टाचार मद्दामा विशेष गरी विपक्षिलाई निशाना बनाउने गरिएको भन्दै केहीले आलोचना गर्ने गरेका छन् ।
सत्तारुढ पार्टीको विस्तृत बैठकले भ्रष्टाचार सम्बन्धमा नयाँ रणनिति तय गर्ने बीबीसीले उल्लेख गरेको छ ।
परिवर्तन गरिने कानुनले राष्ट्रपति सिलाई अझ शक्तिशाली बनाउने अनुमान गरिएको छ ।







