भारतलार्इ विदेश नीति र सुरक्षा मामिलामा साझेदारी दिन स्वीकार गरेकाे भए अहिलेसम्म पञ्चायती व्यवस्था चलिरहेकै हुन्थ्याे।

राजा वीरेन्द्रले पञ्चात फालिने जाेखिममा अस्वीकार गरेकाे दिल्लीकाे याे माग अाज पुष्पकमल र कांग्रेसकाे गठबन्धनले स्वीकार गरेर नेपाललार्इ भुटानीकरण गर्ने प्रयास गरेकाे छ।

लाेकमानकाे विराेधकाे नाटक गर्नेहरू सदाचारी भएकाे भए न यिनका काठमाडाैंमा महल ठडिन्थे, न यहाँ साम्राज्यवादी गिराेहहरूकाे शासनले अराजकता फैलाउँथ्याे । न त लाेकमान नै अख्तियारकाे सर्वमान्य नार्इके हुन्थे।

lokman-3333

लाेकमान प्रकरणलार्इ दलकाे अावरणमा बसेका राष्ट्र विराेधी पेशेवर अपराधीहरूले अाफू विरूद्ध बनेकाे जनमतलार्इ विषयान्तर गर्ने हतियारका रूपमा प्रयाेग गर्ने काेशिस गरेका छन्।

लाेकमानका विरूद्धमा भ्रष्टाचार र कानूनी शासन चलाएकाे सम्ममा जति पनि अाराेपहरू उठार्इएका छन्, तिनमा कुनै संदेह नभए जस्तै महाभियाेग प्रस्ताव लग्नेहरूका विरूद्धमा पनि यी अाराेपहरू व्यापक रूपमा उठाउनु पर्दछ।

साम्राज्यवादीहरूले पालेका एकथरी गुण्डाहरूले अाफूमाथिकाे संकट टार्नका लागि कानूनी शासनकाे दुहार्इ दिर्इरहेका छन्।

व्यवस्थापिकालार्इ छलेर काम गर्नका लागि बनार्इंदै अाएका कथित राजनीतिक संयन्त्र, संसदमाथि निर्णय थाेपर्नेगरि बाहिर गरिने कथित दलिय सहमति र साम्राज्यवादी एजेन्डामा वार्गेनिङ गर्नका लागि गरिने कथित शीर्ष छलफलहरू गैरकानूनी शासनकै उदाहरणहरू हुन्।

गैरकानूनी रूपमा यिनीहरूले लाेकमानलार्इ नियुक्ति किन दिएका थिए भन्ने प्रश्नकाे जबाफ नदिंदासम्म यिनीहरूकाे अपराधिक चरित्रमाथि प्रश्न उठाउन छाेड्नु हुँदैन।

लाेकमानकाे बहानामा यिनीहरूले जे जस्ताे प्रचार गरिरहेका र अाफ्ना झाेलेहरूलार्इ गर्न लगार्इरहेका छन्, त्यसकाे स्पष्ट अर्थ हाे- दलका नाममा जे पनि गर्न पाउनु पर्छ। याे अपराधी मनाेवृतिकाे पर्दाफास गर्न जरूरी छ।

दाहालकाे फेसबुकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार