
रुसमा सन् १९१७ मा सम्पन्न अक्टोबर क्रान्ति मुलतः ९ महिनाको सचेतन तयारी र २ दिनभित्र बोल्शेविक विद्रोहीहको आक्रमपछि सर्वहारावर्गले सत्ता आफ्नो हातमा लिएका थिए ।
सन् १९१७ को जनवरीमा सर्वहारा क्रान्तिको संभावना नदेखेका लेनिनले फरवरी क्रान्तिलगत्तै अक्टोबर क्रान्तिमा जोड दिए ।
त्यसका लागि उनले ७ महिना क्रान्तिको निकै ठूलो तयारीमा लागे । त्यही तयारीका कारण लेनिनको नेतृत्वमा बोल्शेविकहरुले दुई दिनमित्र केन्द्रीय सत्ता कब्जा गर्न सफल भए ।
२४ अक्टोबर १९१७ मा बोल्शेविकहरुले केन्द्रीय सत्तामा आक्रमणका लागि पहिलो प्रहार केन्द्र पेत्रोग्रादमाथि गरे । त्यो बेला पत्रोग्राद रुसको राजधानी थियो ।
पेत्रोग्रादलाई पहिले सेन्ट पिटर्सवर्गका रुपमा चिन्ने गरिन्थ्यो । पहिलो दिन आक्रमण गरेर बोल्शेविकहरुले पेत्रोग्राद आफ्नो नियन्त्रणमा लिन सफल भए । पछि क्रान्तिपछि त्यसलाई लेनिनग्राद र स्टालिनग्रादको रुपमा स्थापित गराइयो ।
त्यसपछि दोस्रो दिन अक्टोबर २५ तारिखका दिन बोल्सेविकहरुले शिशिर प्रसादमाथि आक्रण गरे । त्यो बेला पेत्रोग्रादपछि शिशिरप्रसाद पनि प्रमुख केन्द्रभागका रुपमा परिचित थियो । पेत्रोग्राद र शिशिर प्रसाद कब्जासँगै बोल्शेविकहले केन्द्रीय सत्ता पूरै आफ्नो हातमा लिन सफल भए ।
४ वर्ष विदेशी हस्तक्षेप र गृहयुद्धमा गुज्रिएको रुस
सन् १९१७ को अक्टोबर २४ मा सुरु भएको क्रान्ति २५ अक्टोबरमा सम्पन्न हुन्छ । लेनिनको नेतृत्वमा क्रान्तिकारीहले दुईदिनभित्र सत्ता आफ्नो हातमा लिए । तर, बोल्शेविकहरुको सत्ता लिएपछि निकै लामो गृहयुद्ध र विदेशी हस्तक्षेपका विरुद्ध लड्नु परेको थियो ।
खासगरी १९१८ देखि १९२२ सम्म विदेशी आक्रमण र देशभित्रका सामन्त र जमिन्दारका विरुद्ध बोल्शेविकहरु अर्को लडाइँ लड्नु परेको थियो । यो लडाइँ बोल्शेविकहरुका लागि निकै कठिन र महँगो बन्न पुग्यो ।

रूसका तत्कालीन बाेल्शेविक लालसेनाहरू
किनभने देशभित्रका सामन्त र जमिन्दारहरुलाई विदेशी साम्राज्यवादी र पुँजीवादीहरुको राजनीतिक, आर्थिकसँगै हतियारसमेतको सहयोग थियो । त्यही बलमा उनीहरुले आफ्नो गुमेको सत्ता फर्काउन निकै ठूलो मेहनत गरे ।
तर वीर बोल्शेविकहरुले मजदुर र किसानको सहयोगमा विदेशी हस्तक्षेप र आन्तरिक दुश्मनका विरुद्ध युद्ध लडेर विजयी बन्न पुगे ।







