१९ तारिख (३ कार्तिक) दिउँसाे भारतीय राजदूत निवास इण्डिया हाउसकाे अाँगनमा देखिएकाे रमाइलाे हाे याे । नेपाली पत्रकार थिए, १३ भार्इ । ठ्याक्कै त्यहाी बेला हाे, लाेकमानका विरूद्ध महाअभियाेग प्रस्ताव दर्ता गर्न प्रचण्ड र अाेलीबीच सल्लाह भएकाे ।
राजदूत रञ्जित रेले साेधे, ‘लाेकमानका क्या हाेगा ?’ काठमाडाैं पाेष्टका अनिल गिरीले भने, ‘सबैकाे अाँखा तपार्इतिर छ । भारतले जे चाहन्छ, त्यही हुन्छ ।’ राजदूतले भने, ‘सबै कुरामा भारतलार्इ जाेड्न भएन । याे त नेपालकाे अान्तरिक मामिला हाे । नेपाल भारत सम्वन्ध सुधार हुँदै अाएकाे छ । अब नयाँ ढंगले जानुपर्छ । सुरक्षामा हामीलार्इ अलिक बढी चिन्ता हाे । यहाँ शान्ति नहुँदा हामीतिर पनि असर गर्छ ।’
नयाँ पत्रिकाका पर्शुराम काफ्लेले भने, ‘एकातिर काश्मीरलगायत फ्रन्टलाइनमा बसेर नेपालीले भारतकाे सुरक्षा गरिरहेका छन् । अर्कातिर, नेपालकाे पहाडीभेगमा भारतविराेधी भावना बढ्दाे छ । तपार्इहरू खालि राेटीबेटीकाे कुरा मात्रै उरालिरहनुहुन्छ ।’ राजदूतले जबाफ दिए, ‘हाेइन, हाेइन । बिल्कुल त्यस्ताे हाेइन । अस्ति भर्खर पनि म मनाङ गएँ । भव्य स्वागत पाएँ ।’

ऋषि धमलाले भने, ‘एेसा कुछ नहीँ है । भारतले राम्राे गरिरहेकाे छ । यहाँ भारतविराेधी काेही छैन । एेसा हाे ही नहीं सक्ता हैं ! अाफु काम नगर्ने, भारतकाे मात्र एकाेहाेराे विराेध गर्ने ? हाम्राे अान्तरिक मामिलामा भारत कहाँ इन्भल्भ छ ?’
राताे टार्इ लगाएर पुगेका ऋषिलार्इ राजदूतले हाँस्दै धाप मारे । उनी ३५ मिनेट ढिलाे पुगेका थिए । परैबाट राजदूतले अाे ऋषिजी, इधर अाअाे, भन्दै अाफ्नाे देब्रेतिर राखे ।
डिसिएम विनयकुमारले कान्तिपुका देवेन्द्र भट्टरार्इलार्इ भने, ‘६० लाख नेपाली भारतमा छन् । हाम्राे सम्वन्ध विशेषखालकाे छ ।’ देवेन्द्रले भने, ‘यकिन त छैन तर २५३० लाख हाेलान् ।’ पर्शुरामले थपे, ‘सन् २०११ काे जनगणनाअनुसार भारतभरि ५८ लाख विदेशी देखिन्छन् । त्यसमध्ये सबभन्दा बढी बंगाली हुन् । त्यसपछि मात्र नेपाली अाउँछन् ।’







