अख्तियार अनुसन्धान आयोगका निवर्तमान आयुक्त लोकमान सिंह कार्कीको खिलराज बन्ने सपना चकनाचुर भएको छ ।

दलहरुले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेसँगै लोकमानको यस्तो सपना चकनाचुर भएको हो । विश्लेषकहरुकाअनुसार लोकमान देशमा संवैधानिक शुन्यताको स्थिति सिर्जना गरेर अर्को खिलराज बन्ने बाटोतिर लाग्दै थिए ।

०७४ माघ ४ भित्र तीनथरी चुनाव हुन नसक्ने अनि सांसद, मन्त्री अनि प्रधानमन्त्री पनि कोही रहेनन् भने त्यसको खाली ठाउँ आफुले लिने मिसनसहित लोकमान नेताहरुलाई असफल पार्ने खेलसहित भ्रष्टचार विरोधी अभियानमा कडा रुपमा उत्रन थालेपछि दलहरुले महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेको बुझिएको छ ।

Chief of Commission for the Investigation of Abuse of Authority (CIAA) Lokman Singh Karki welcomes President Bidya Devi Bhandari to the 25th anniversary function of the Commission, in Kathmandu, on Thursday, February 18, 2016. Photo: CIAA

लोकमान शक्तिलाई दुरुपयोग गरेर जान थालेपछि संसदमा रहेका दलनका युवा नेताहरुले कार्कीको मिसनलाई जसरी पनि असफल पार्न महाअभियोग प्रस्ताव दर्ता गर्न पुगेका हुन् ।

देशमा राजनीतिक र संवैधानिक शुन्यता सिर्जना हुने स्थितिमा आफुले देशको बागडोर लिने हिसाबकिताव गरेर लोकमानले मन्त्रीपरिषदको अध्यक्ष बन्ने लालशा पालेपछि अहिलेको संकट आइपरेको बताइएको छ ।

त्यसमा पनि लोकमानलाई देशी–विदेशी शक्तिकेन्द्रले नेपालको राजनीतिक कोर्षलाई उल्टाउन आड–भरोसा दिएपछि कार्की देशका प्रमुख दलहरुसँग जुध्न मैदानमा उत्रेका हुन् । तर लोकमानको पहिलो इनिङले असफलता हात पारेपछि अब उनी संकटमा परेका छन् ।

लोकमानको भविष्य के होला ? प्रमुख दलहरुले के गर्लान ? यो प्रश्नको हल खोज्न हामीले केही दिन कुर्नै पर्छ । तर नेपालमा गहिरिदै गएको संकटमा झन् ठूला संकटहरु उत्पन्न हुने निश्चित छ । किनकि नेपालको राजनीति नेपाली नेताहरुको हातमा छैन ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार