चिनियाँ कम्युनिष्ट पार्टीले पार्टी महासचिव एवं राष्ट्रपति सी जिनपिङलाई झन् शक्तिशाली बनाएको छ।
बिहीबार सम्पन्न  बेइजिङमा बसेको प्लेनमले पार्टी महासचिव सीलाई थप अधिकार प्रदान गरेर माओ त्से तुङ र देङ स्यायो पिङकै हाराहारीमा पुर्‍याएको छ।

चार दिनसम्म चलेको पार्टी बैठकले महासचिव सी जिनपिङलाई शक्तिशाली बनाउने निर्णय गरेकाे हाे । विश्लेषकहरुका सीलार्इ ‘नेतृत्वको केन्द्र’ मान्ने भनिएकाे छ । यसकाे अर्थ हाे अन्तिम निर्णय गर्ने अधिकार सीलार्इ दिनु हो।

cpc3

यसबाट २०१७ को अन्त्यमा हुने पार्टी कांग्रेसमा राष्ट्रपति सीको अवस्था झनै शक्तिशाली हुने अनुमान गरिएको छ। चार वर्षअघि पार्टी महासचिव चयन भएका सी राष्ट्रप्रमुखका साथै केन्द्री सैन्य आयोगका अध्यक्ष हुन्।

पार्टी बैठकले सीलाई ‘कोर लिडर’को पदावली प्रयोग गरेको छ।

सो पदावली सर्वप्रथम चीनलाई आर्थिक सुधारको बाटोमा हिँडाउने देङ स्याओ पिङले सन् १९८९ मा प्रयोग गरेका थिए। उनले अध्यक्ष माओ, आफैँ र उनका उत्तराधिकारी जियाङ जमिनलाई ‘कोर नेतृत्व’ को रुपमा प्रस्तुत गरेका थिए। यद्धपि जमिनका उत्तराधिकारी हु जिन्ताओलाई भने यो पदावली प्रयोग गरिएको थिएन।

झण्डै चार वर्षअघि सत्ता सम्हालेयता राष्ट्रपति सीले आफूलाई शक्तिशाली बनाउँदै लगेका छन्। उनले सैन्य नेतृत्व सम्हाल्नुका साथै आर्थिक सुधारका कार्यक्रममा पनि तीव्रता ल्याएका छन्।

भर्खरै समाप्त भएको प्लेनमले अर्को वर्षको उत्तरार्धमा हुने पार्टी कंग्रेसका लागि मार्गप्रशस्त गरेको छ।

चीनमा हरेक पाँच वर्षमा पार्टी कंग्रेस आयोजना हुने गर्दछ। अर्को वर्ष हुने पार्टी कंग्रेसमा सीले सन् २०२२ पछि आफ्नो उत्तराधिकार सम्हाल्ने व्यक्तिका बारेमा संकेत गर्ने अपेक्षा राखिएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको ७ सदस्यीय स्थायी समिति सबैभन्दा शक्तिशाली निकाय मानिन्छ, सी जिनपिङ अब त्यसको पनि केन्द्र हुन्। ७ मध्ये राष्ट्रपति र प्रधानमन्त्री ली खछ्याङबाहेक अर्को वर्षको कंग्रेसबाट ५ जना नयाँ छानिनेछन्।

cpc22

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार