भारतविरोधी देखिएको एमालेलाई साइजमा ल्याउन माओवादी केन्द्र र नयाँ शक्तिलाई एकतामा ल्याउनेगरी भारत लागि परेको उच्च राजनीतिक स्रोतको भनाई छ ।

अर्को चुनावसम्म यी दुई समुहलाई एकतामा जसरी पनि ल्याउने भारतको प्रमुख काम भएको छ ।

dalaharu

उच्च स्रोतका अनुसार निर्वाचनमा माओवादी केन्द्र र नयाँ शक्ति एक्ला एक्लै लडेर गए पराजित हुने हुँदा एमालेको संसदीय जमिनलाई तह लगाउन भारतको रोजाइमा प्रचण्ड र बाबुरामलाई जसरी पनि मिलाउने एकसुत्रीय कार्यक्रम रहेको छ ।

त्यसो त हालै नयाँ शक्ति छाडेका मुमाराम खनालले पनि माओवादी केन्द्र र बाबुरामको नयाँ शक्ति अर्को निर्वाचनसम्म जसरी पनि एकतामा आउने घोषणा गरेका छन् । हालै माओवादी केन्द्र निकट रातापाटी अनलाइनसँगको अन्तरवार्तामा खनालले यस्तो घोषणा गरेका हुन् ।

विश्लेषकहरुका अनुसार प्रचण्ड नेतृत्व माओवादी केन्द्र र बाबुराम नेतृत्वको नयाँ शक्ति दुबै भारतद्धारा संचालित समुह भएकोले यी दुवैलाई एक ठाउँमा ल्याउन भारतले पहिलो प्राथमिकतामा राखेको छ ।

नेपालको राजनीतिमा अस्थीरता ल्याउन भारतले धेरै टुल्सहरु परिचालन गर्ने गरेको, अनि प्रचण्ड र बाबुरामलाई चलाउने टुल्स अलग अलग भएकोले अर्को चुनावसम्म यी दुई समुहलाई एकतामा ल्याउन भारत लागेको हो ।

नयाँ शक्तिलाई माक्र्सवाद छाडेको आरोप लगाउने प्रचण्ड र बाबुरामबीच कसरी एकता होला भन्ने जिज्ञासामा नयाँ शक्ति छाडेका मुमाराम खनालले भने अहिले यी दुबै समुहले नै माक्र्सवाद छाडेको आरोप लगाए ।

‘अहिले न प्रचण्डले माक्र्सवाद पकडेका छन् न त बाबुरामले । यी दुबै नेता माक्र्सवादबाट धेरै टाढा पुगेका छन् ।’ जनपाटीसँग कुरा गर्दै खनाल भन्छन्, ‘प्रचण्डले माक्र्सवाद पकडेको नाटक गरेका छन् र बाबुरामले खुलेर माक्र्सवाद छोडेका छन् । यसकारण सारमा यी दुई एउटै वैचारिक धारका मान्छे हुन् ।’

खनालका अनुसार वैचारिक र नीतिगत प्रश्नमा प्रचण्ड र बाबुरामबीच कुनै भिन्नता नभएकोले उनीहरु अर्को निर्वाचनसम्म एक ठाउँमा आउने छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार