
भारतको आन्ध्र प्रदेश र उडिसाको सीमावर्ती क्षेत्रमा भारत सरकारले भारतीय माओवादीका दुई दर्जन बढी नेता कार्यकर्ता हत्याको विरोधमा सयौं माओवादी बुद्धिजीवि, लेखक र समर्थक जनताहरुले विरोध प्रदर्शन गरेका छन् ।
भारतको एनटिआर भवनमा बिहीबार भएको विरोध प्रदर्शनमा उत्रेका भारतका चर्चित माओवादी निकट बुद्धिजीवि, लेखक र अधिकारकर्मीका रुपमा परिचित बरबर रावको नेतृत्वमा रहेका दर्जनौंलाई भारत सरकारले गिरफ्तार गरेको हाे ।
२४ अक्टोबर अर्थात् कार्तिक ८ गते आन्द्रप्रदेश र उडिसाकाको सीमामा २७ जना भारतीय माओवादी नेता र कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरी निर्ममतापूर्वक हत्या गरेको थियो ।
भारतीय अनलाइन पत्रिका द इन्डियन एक्सप्रेसले दोहोरो भिडन्तमा भारतीय माओवादीहरु मारिएको समाचार लेखेको छ । जहाँ कि ती माओवादी नेता र कार्यकर्ताहरु निसशस्त्र रहेको स्वतन्त्र बुद्धिजीविहरुले बताएका छन् ।
आन्द्रप्रदेशदेखि र उडिसाको सीमावर्ती जिल्लामा रहेका माओवादी निसशस्त्र नेता, साहित्यकार र कलाकारहरुको समुहलाई भारतीय प्रहरीले घेरा हालेर पक्राउ गरी हत्या गरेको थियो ।
इन्डेन एक्सप्रेसका अनुसार सो घटनामा १२ महिलालाई पनि भारतीय प्रहरीले गिरफ्तार गरी हत्या गरेको थियो ।

गिरफ्तार गरेर हत्या गरिएका भारतीय माअाेवादीका नेता र कार्यकर्ताहरूकाे शब
सो घटनाबाट बच्न सफल भएका भारतीय माओवादीका केन्द्रीय सदस्य रामकृष्ण (जसलाई आरके नामले चिन्ने गरिन्छ) लाई पछि प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।
केन्द्रीय सदस्य रामकृष्णको गिरफ्तारीलाई लिएर भारतीय माओवादी पूर्वी डिभिजन कमिटीका सेक्रेटरी कैलासले एक विज्ञेप्ती जारी गर्दै तुरुन्त सार्वजनिक गर्न माग गरेका छन् ।
विज्ञेप्तीमा उनले आफ्ना २८ नेता कार्यकर्ता हत्याको कुनै दिन बदला लिएरै छाड्ने बताएका छन् ।







