s1

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले तिहारको अवसर पारेर काठमाडौंका विभिन्न ठाउँमा जनवादी भैलो आयोजना गरेको छ ।

परम्परागत तिहारलाई जनवादी भैलोको रुपमा उपयोग गर्ने कार्यक्रमका साथ विप्लव माओवादीले यस्तो भैलो आयोजना गरेको बुझिएको छ ।

यस्तो भैलोले जनतामा पुग्न मद्धत पुर्याउने सो पार्टीका केन्द्रीय सदस्य माइला लामो भनाई रहेको छ ।

यो भैलोमा माओवादीको केन्द्रीय सांस्कृतिक परिवार सामानाले क्रान्तिकारी गीत, संगीत र नृत्यहरु प्रस्तुत गरेको छ ।

सामनाको देउसी भैलो कार्तिक १६ गतेसम्म चल्ने सामना परिवारले जनाएको छ ।

s2

s4

s5

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार