पाकिस्तानकाे सीमाक्षेत्रको नियन्त्रण रेखामा भारतीय सुरक्षाकर्मीले चलाएकाे गोलीबाट ३ पाकिस्तानी सर्वसाधरणको ज्यान गएपछि भारत पाक सम्वन्ध झन् तनावमा फसेकाे छ ।

पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार सकरगढ क्षेत्र र नियन्त्रण रेखाको एक अर्को क्षेत्रमा गोली हानाहान हुँदा दुई महिलासहित आफ्ना तीनजना नागरिकको ज्यान गएको जनाएको हो ।

536639-indian-army08-08-15

यो गोली हानाहानमा अन्य २२ जना घाइते भएका छन् । भारतले भने पाकिस्तानका १५ जना रेन्जर्सलाई मारेको दाबी गरेको छ । तर पाकिस्तानले भने भारतको यो दाबीलाई ‘प्रोपोगन्डा’ को संज्ञा दिएको छ।

भारतीय पक्षले बिनाकारण गोली चलाएको भन्दै पाकिस्तानले चिन्ता जनाएको छ । त्यसैगरी चरमपन्थीसँग भएको भिडन्तमा भारतीय बीएसएफका एक जवानको शुक्रबार ज्यान गएको छ ।

भारतीय फौजका ती जवानलाई जम्मु-कश्मिरको सीमानामा गोली हानेर मारेपछि चरमपन्थीहरुले टुक्रा टुक्रा पारेको दाबी भारतीय पक्षले गरेकव छ।

सन् २००३ देखिको युद्धविरामको पालना गरेर नियन्त्रण रेखा तथा सीमामा शान्ति बचाइराख्न भारतसँग पाकिस्तानले आग्रह गरेको छ ।

पाकिस्तानले ग्रामीण बासिन्दा तथा आम नागरिकलाई निशाना नबनाउन पनि आग्रह गरेको छ । भारत र पाकिस्तान दुवै देशले नियन्त्रण रेखामा बिनाउक्साहट गोली चलाएको आरोप एक अर्कामाथि लगाउँदै आएका छन् ।

दुई देशबीचको तनावले जम्मु–काश्मिर क्षेत्रका बासिन्दा त्रासमा बाँचिरहेका छन् । तनाव चुलिँदै गएपछि सीमाक्षेत्रका धेरै गाउँका बासिन्दा विस्थापित भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार