
मोहन वैद्य किरण नेतृत्वको माओवादीको कार्यदिशा के हो भन्ने कुरा अझै अन्योलमा रहेको छ ।
सो पार्टीका अध्यक्ष मोहन वैद्यले हालै एक अनलाइनमा अन्तर्वाता दिदै आफ्नो पार्टी आवश्यक परे दीर्घकालीन जनयुद्धमा जान सकिने र सशस्त्र जनविद्रोहमा पनि जान सकिने बताएका छन् । तर, उनले अहिले आफुहरुको कार्यदिशा जनविद्रोह भएको उल्लेख गरेका छन् ।
जनमेल अनलाइनमा वैद्यले दीर्घकालीन जनयृद्ध र सशस्त्र विद्रोहको यान्त्रिकतामा जान नसकिने भन्दै कुन मोडलमा जाने भन्ने कुरा पनि स्पष्ट बताउन सकेका छैनन् ।
तर उनले सशस्त्र विद्रोह अहिले विकल्प हुन सक्ने बताएका छन् ।
‘देशलाई उक्त प्रकारको अवस्थाबाट बदल्नका लागि संघर्षका विविध रुपहरुको प्रयोग जरुरी हुन्छ र अन्ततः बलप्रयोगको भूमिका अनिवार्य हुन्छ ।’ वैद्यले भनेका छन्, ‘दीर्घकालीन जनयुद्ध वा सशस्त्र जनविद्रोहका मोडललाई यथावत र यान्त्रिक दुवै ढंगले प्रयोग गर्न सकिदैन । त्यस्तो प्रयोग नेपाली समाजको विशेषता, सिर्जनशीलता र मौलिकतामा निर्भर हुन्छ ।’
उनले बन्दुक उठाएर दीर्घकालीन जनयुद्धमा जाने सवाल पद्धतिको कुरा भएको बताएका छन् । आवश्यक पर्यो भने दीर्घकालीन जनयुद्धमा पनि जाने कुरा बताएका छन् ।
‘बन्दुक उठाएर दीर्घकालीन जनयुद्धमा जाने कुरा त पद्धतिको विषय हो । सामाजिक राजनीतिक क्षेत्रमा आएको विकासले विद्रोहको तयारीमा पनि जान सक्छौं । आवश्वय पर्यो भने दीर्घकालीन जनयुद्धमा पनि हुनसक्ला ।’ वैद्यले अन्तरवार्ताामा भनेका छन्, ‘तर उही पूरानो तरिकाले हुदैन, नया तरिकाले जानु पर्छ । नेपाली जनताको नयाा कार्यदिशा फौजी कार्यदिशा पनि हुनसक्छ ।’
वैद्यले सशस्त्र संघर्षको स्वरुपको प्रश्नमा यो वा त्यो भनेर हात बाध्न नहुने बताएका छन् । साथै उनले विप्लव नेतृत्वको माओवादीले अपनाएको कार्यदिशा स्पष्ट नभएको बताएका छन् ।







