
नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन भएसँगै देशको तीन महिनाको समय खेर गएकोे बताएका छन्।
एमाले मध्यपुर नगर समन्वय कमिटीले आज बालकुमारीमा आयोजना गरेको शुभकामना आदनप्रदान एवम् तुच्चा कार्यक्रम उनले आफूले सरकार छाडेसँगै गुडिरहेको बस रोकिएर ठप्प भए जस्तै देशको सबै काम ठप्प भएको आरोप लगाए।
नेपालको एकता, राष्ट्रियता र अखण्डतालाई कसैले तलमाथि गर्न नसक्ने बताउँदै उनले भने -अहिले गेयर फस्यो, तपार्इंहरु ढुक्क हुनुहोस्, त्यो फसेको गियर अब छिट्टै निकाल्छौँ र अगाडि बढाउँछाँै, त्यसपछि रोकिएका सबै काम फेरि सुरु हुनेछन्।
आफ्नो नेतृत्वको सरकारले घोषणा गरेका विकासका कार्यक्रम काम फेरि सुरु हुने ओलीको भनाइ छ। युवाले देशलाई समृद्ध बनाउन सक्छौँ भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने बताउँदै उनले अझै पनि नेपालमा जातजाति र भाषाभाषीलाई उचालेर द्वन्द्व सिर्जना गराउने तत्व सक्रिय रहेकाले त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए।
एक अर्को कार्यक्रममा ओलीले सबैले देश, जनता, मानवजातिको हित र विश्वशान्तिका लागि काम गर्नुपर्ने बताए।







