
नयाँ शक्तिका नेता भट्टराईले ८० वर्ष लोकतन्त्रको लागि लडेर पनि ठिक प्रणाली बनाउन नसकिएको भन्दै नेपालको जनशक्ति र प्राकृतिक स्रोत साधन प्रयोग गरेर छिट्टै समृद्ध मुलुक बनाउन सकिने भनार्इ व्यक्त गरेका छन् ।
हङकङमा अायाेजित नयाँ शक्तिकाे एक कार्यक्रममा बाबुरामले अाफु २५ वर्ष बाँचे देशमा १२ हजार डलर प्रतिव्यक्ति अाम्दानी बनाउने बताएका हुन् ।
‘विश्वको औसत प्रतिव्यक्ति आम्दानी ४–५ हजार डलर छ भने मध्यम स्तरको धनी देशको प्रतिव्यक्ति आय ४०–५० हजार डलर छ,’ उनले भने, ‘तर हाम्रो प्रतिव्यक्ति आए ७०० डलर पनि छैन, यो भनेको दैनिक दुई डलर हो ।’
नेपालमा विकासकाे माेडल नयाँ ढंगले हुने भन्दै बाबुरामले १५ वर्षभित्र ४ हजार डलर प्रतिव्यक्ति अाय बनाउन सकिने बताए ।
‘सबैतिर एकै किसिमले विकास हुँदैन । हाम्रो देशमा आफ्नै विकासको बाटो हुनसक्छ । विज्ञहरुलाई समेत राखेर विकासको नक्सा कोरेका छौं,’ बाबुरामले भने, ‘राजनीतिक स्थिरता र जनताको व्यापक सहभागितामा १५ वर्षभित्र ४००० डलरमा प्रतिव्यक्ति आय बनाएर मध्यम स्तरको विकसित नेपाल बनाउन सकिन्छ ।’
९ महिना प्रधानमन्त्री र ९ महिना अर्थमन्त्री बनेका बाबुरामले के अाधारमा यस्ताे अभिव्यक्ति दिए निकै उदेकलाग्दाे छ ।







