ppkkkk

नेपालको राजनीति नेपालीहरुको हातमा नभएपछि नेपालमा के के हुन्छ, भन्नै नसकिने भएकाे छ ।

भारत जे चाहन्छ, त्यही हुन्छ भन्ने उसकाे एकछत्र प्रभावले नेपालको राजनीतिमा फेरि भारतले अर्को खेल चाल्न थालेको विशेष स्रोतको भनाई छ ।

सुत्रहरु भन्छ- कार्तिकपछि नेपालको राजनीतिमा नयाँ कोर्सको सुरुवात हुने छ । प्रचण्ड नेतृत्व सरकार बर्हिगमन हुने र एमाले वा फेरि प्रचण्डकै नेतृत्वमा अर्को सरकार बन्ने बताइएको छ ।

भारतको पहिलो विकल्पमा कांग्रेस र एमाओवादी गठबन्धन भत्काउने अनि एमाले र एमाओवादीको गठबन्धनमा अर्को सरकार बनाउने । दोस्रो विकल्पमा फेरि प्रचण्डकै नेतृत्वमा एमाले र मधेशवादी दलसहितको सरकार बनाउने ।
त्यसका लागि भारतलाई जसले रिझाउन सक्यो उसैको नेतृत्वमा नयाँ सरकार बन्ने छ ।

हुन त अहिलेको सरकार भारतको निर्देशनमा बनेको भनिएपनि कांग्रेस नेता शेरबहादुर देउवा पश्चिमा परस्त खासगरी अमेरिका परस्त भएकोले भारतको पहिलो प्राथमिकतामा प्रचण्ड नै पर्ने देखिन्छ ।

त्यसो त प्रचण्ड नभएको खण्डमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा पनि सरकार बन्ने संभावना छ । त्यसका लागि ओलीले भारतसँग केही हदसम्म नरम हुन सके त्यो विकल्प पनि खुला रहने छ ।

खासमा भारतले मधेशवादी दलहरुलाई नेपालको मूलधारको राजनीतिमा अगाडि सार्न पनि यस्तो खेल चाल्ने भएको छ ।

अब बन्ने भनिएको गठबन्धनमा प्रचण्ड, ओली या कसैको नेतृत्वमा मधेशवादी दलहरुलाई पनि सरकारमा समावेश गर्नु पर्ने भारतको मुख्य मिसन रहेको छ ।

यी सबै खेल भारतकै डिजाइनमा हुने भएको छ ।

भारतको खेल असफल पार्न राष्ट्रिय एकता महत्वपूर्ण सवाल हो तर नेपालका मूलधारका संसदीय पार्टीहरु भारतपरस्त भएपछि भारतको योजनामा नेपालको राजनीति चल्ने गरेको राजनीतिक विश्लेषकहरुले आरोप लगाउने गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार