xi-pla

चिनियाँ जनमुक्ति सेनाले हालै चिनियाँ कम्युनिस्ट पार्टीको छैठौ प्लेनमद्धारा कोर नेतृत्वको नीतिलाई कडाईपूर्वक लागु गर्ने बताएको छ ।

चिनियाँ सरकारको अफिसियल अनलाइन पोर्टल पिपुल्स डेलीका अनुसार सेन्ट्रल मिलिटरी कमिसनले सोमबार जारी गरेको सर्कुलमा चिनियाँ जनमुक्ति सेनालाई पार्टीको नीतिलाई कडाईपूर्वक लागू गर्ने बताएको हो ।

जनमुक्ति सेनाको केन्द्रीय सैन्य आयोगले आफुहरु पार्टी महासचिव र सरकार प्रमुखको नेतृत्वमा प्रतिबद्ध भएर लाग्ने प्रतिज्ञा गरेको छ ।

हालै सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको प्लेनमद्धारा सरकार, सेना सबैलाई पार्टी महासचिव सि जिन पिङको नेतृत्वमा केन्द्रीकरण गर्ने निर्णय गरेको थियो । सोही नीतिअनुसार सि पार्टी महासचिवका साथै सरकार प्रमुख र जनसेना प्रमुख रहने छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको पछिल्लो निर्णयले अहिलेको सीकाे नेतृत्व माओ र देङपछि त्यही हारहारीमा शक्तिशाली बन्ने बताइएको छ ।

चिनियाँ जनमुक्ति सेना विश्वकै सबैभन्दा धेरै संख्या भएको सेना हो । जसको संख्या २३ लाख मात्र सक्रिय सेना छन् भने रिजर्व सेना ५ लाख ११ हजार रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार