pppmuurji

भारतीय राष्ट्रपति प्रणव मुखर्जी बुधबारदेखि शुक्रबारसम्म नेपालमा रहँदा उनको भ्रमण तीर्थाटन र सम्मान–सत्कारमा मात्र केन्द्रीत हुने भएको छ । उनी बुधबार १२ बजे नेपाल उत्रदा उनको सम्मानमा राजधानी पूरै ठप्प हुने छ ।

त्यसो त मुखर्जीको भ्रमणलाई लक्षित गरेर सरकारले एक दिन सरकारी विदा समेत दिएको छ । यो सरकारको कदम दलालीकरणको भद्धा रुप भएको राजनीतिक विश्लेषकहरुको राय छ ।

मुखर्जी भ्रमणबाट के लाभ लिने भन्दा पनि उनको सम्मान कतिसम्म गर्न सकिन्छ भन्नेमा सरकार केन्द्रीत हुनु दुखद रहेको नागरिक समाज एवं विश्लेषकहरुको गुनासो छ ।

‘भारतीय उच्च भ्रमणबाट कसरी लाभ लिने भन्नेमा भन्दा पनि सत्कार कसरी गर्ने भन्नेमा जोड गएको छ ।’ वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक नारायण वाग्ले भन्छन्, ‘यो लहडले काठमाडौं सत्तालाई लघुताबोधले ग्रस्त देखाएको छ ।मुखर्जीको भ्रमणलाई ऐतिहासिक बनाउन पहिलो दिन सार्वजकि विदा दिने निर्णय त्यसैको परिचायन हो ।’

सरकारले नेपालको विकास र लाभका लागि मुखर्जी भ्रमणलाई कतिसम्म उपयोग गर्न सकिन्छ भन्ने छैन कि  उनीहरुको सम्मानका लागि कतिसम्म सत्कार गर्न सकिन्छ भन्नेमा जोड दिएकाे छ ।

नेपालको राजनीतिमा सधै ‘दुल्दाई प्रवृति’ लाद्ने भारतीय शासकहरुको विरासत बोकेर मुखर्जी नेपाल आउदा खासै केही उपलव्धि हुने छैन । उनी खाली काठमाडौंको पशुपतिनाथ र पोखरा अनि जनकपुर घुमेर फर्कने छन् ।

बरु उनले अन्तिम समयमा गएर लुम्बिनी भ्रमण रोक्नु नेपालको गरिमालाई ठाडैं उपेक्षा गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार