
नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको राजधानी आगमनसँगै उपत्यकामा बस्ने सवा करोड नागरिकले सास्ती व्यहोरेका छन् ।
बुधबार काठमाडौं उत्रेका मुखर्जीको आगमनपछि उपत्यकाका धेरै भाग प्रभावित बन्न पुग्यो । साढे १२ बजे त्रिभुवन विमानस्थल उत्रने समयअगाडिदेखि राजधानीका मुख्य रोडहरु गौशाला, चावहिल, तीनकुने, नयाँ वानेश्वर सबैतिर बाटाहरु सम्पूर्ण रुपले बन्द भयो ।
त्यसैगरी चक्रपथका धेरै भागसहित लाजिम्पाट, जमल, न्युरोड अनामनगर, त्रिपुरेश्वरलगायत धेरै ठाउँ भ्रमणले निकै प्रभावित बनायो ।
जसका कारण जनजीवन अस्तव्यस्त बन्न पुग्यो । काठमाडौं उपत्यका यस्तो ठाउँ हो जहाँ सवा करोड नागरिक स्थायी र अस्थायी रुपमा बस्ने गर्दछन् । यस उपत्यकामा मात्र ५५ देखि ६० लाख स्थायी नागरिक बसोबास गर्छन् ।
त्यसबाहेक राजधानी भएपछि सरकारी काम र विदेश आउने–जाने लाखौं मान्छेहरुलाई हिसाब गर्दा उपत्यकामा सवा करोड मान्छे बस्ने गर्दछन् । मुखर्जी भ्रमणका क्रममा ती सवा करोड जनताले बुधबार दिनभरि सास्ती भोग्न पुगे ।
राजधानीमा रहेका मुख्यत काठमाडौं, ललितपुर र भक्तपुरका सबै भाग मुखर्जी भ्रमणले प्रभावित बनायो ।
बिनाअर्थ नेपालमा भ्रमणमा आएका भारतीय राष्टपतिको यो भ्रमणले मुलुक र नागरिकलाई केही पनि दिने छैन, खाली दुख र सास्ती बाहेक ।
आफ्ना मालिकलाई खुशी पार्न नेपाल सरकारले नेपाली नागरिकलाई यस्तो सास्ती दिएको विश्लेषकहरुको भनाई रहेको छ ।







