तत्कालीन १२ बुँदे समझदारी हुँदा त्यसको साक्षी दिल्ली भएको खुलेआम बताउने प्रणव मुखर्जी नेपाल भ्रमण छन् ।

तत्कालीन संसद्वादी दलसँग तत्कालीन माओवादी नेतृत्व प्रचण्ड–बाबुरामले गरेको सो समझदारी आफुहरुको रोवहरमा भएको मखुर्जीले चर्चित एक अन्तर्राष्ट्रिय टेलिभिज अलजजिरामा अन्तर्वार्ता दिएका थिए ।

जुन बेला उनी भारत सरकारका विदेश मन्त्री थिए, अनि प्रधानमन्त्री थिए, मनमोहन सिंह । नेपाल आउँदा उनले १२ बुँदेमा गरेको कामको स्वामित्व ग्रहण गर्न आएको भनेर राजनीतिक विश्लेषकहरुले विश्लेषण गर्न थालेका छन् ।

१२ बुँदे भन्दा अझ खतरनाक २५ बुँदे सम्झौता गरेर नेपाल फर्केका प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई आफुहरुले गरेको गुुणलाई नबिर्सन र नेपालमा भारतको एकछत्र प्रभावलाई निरन्तरता दिन मुखर्जी भ्रमणले नैतिक दबाब दिने प्रष्ट देखिन्छ ।

हुन न कुनै राजनीतिक अधिकार नबोकेर नेपाल आएका मुखर्जी केबल प्रचण्डसँग आफ्नो कार्यकालको अन्तिम समयमा नेपाल भारतसँगको विशेष सम्वन्धबाट टाढा नजाओस भन्ने मनसायसहित मात्र आएका हुन् भन्ने पनि चाहन्छन् ।

तर जेहोस् नेपालको १२ बुँदे समझदारीदेखि शान्तिसम्झौताहुँदै यहाँसम्म आउँदा नेपालको समग्र राजनीति भारतभन्दा दायाँबायाँ गर्नुहुँदै भन्ने सन्देश दिन पनि मुखर्जी भ्रमण केन्द्रीत देखिन्छ ।

किनभने नेपालमा लामो समयदेखि भारतको दादागिरी चलिरहेको बेला केपी ओलीको नेतृत्वमा चलेको सरकारले चीनसँग नयाँ शिराबाट सम्वन्ध कायम गर्न चाहेको थियो । त्यही सम्वन्ध भत्काउन भारतले प्रचण्डलाई अगाडि सारेर आफ्नो विशेष सम्वन्ध छ भन्ने देखाएको छ ।

किनभने लगभग पूरा भइसकेको चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमण अन्तिम समयमा आएर रोकिनु र मुखर्जी नेपाल आउनु चीन रोकेर भारतको दादागिरी र हस्तक्षेपलाई निरन्तरता दिनु मात्र थियो ।

मुखर्जी भ्रमण त्यसैको एउटा कदम मात्र भएको राजनीतिक विश्लेषकहरुको विश्लेषण छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार